कोहलपुर/ बाँकेको राप्तीसोनारी–९ स्थित श्री जनता माध्यामिक विद्यालयमा विद्यालय स्तरीय अन्ताक्षरी प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको प्रतियोगितमा कमला वली नेतृत्वको भुमी समुह प्रथम भएको छ ।
अपाङ्गता भएकी वलीले ह्वीलचियरबाट गीत प्रस्तुत गर्दा दर्शकशहरु नै रोमान्चक बनेका थिए । त्यस्तै प्रतियोगितामा हेमा कुमालको नेतृत्वमा रहेको वायु समुह द्वितिय र खेम कुमारी वलीको नेतृत्वमा रहेको तेज समुहले तृतिय भएको छ ।
प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक भद्र बहादुर के.सीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७५ मंसिर १५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्