3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

सामाजिक सद्भावका लागि सास्कृतिक कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५  

नरैनापुर, (बाँके)/  सामाजिक सद्भावका लागि नरैनापुरमा मंगलबार बृहत साँस्कृतिक कार्यक्रम गरिएको छ । सामाजिक सद्भाव तथा सामुदायिक सुदृढीकरण परियोजनाअन्तर्गत सम्पन्न सो कार्यक्रम नरैनापुर गाँउपालिकाका प्रमुख ईन्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो ।

नरैनापुर गाँउपालिका वडा नम्बर ५ मटेहियामा सञ्चालन भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाँउपालिका प्रमुख शाहले नरैनापुर गाँउपालिका क्षेत्रमा सामाजिक सद्भावका लागि क्रियाशिल रहेको बताए । उनले गाँउपालिकामा सामाजिक सद्भाव कायम गर्दै कुनै पनि विवाद आउन नदिने प्रतिबद्धता गरे ।

नरैनापुर विकासको लडाइँमा लागि परेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका वडा नम्बर ५ मटेहियाका अध्यक्ष कृष्णचन्द्र मौर्यले मटेहियामा सामाजिक सद्भाव कायम रहेको बताए ।

नरैनापुर गाँउपालिकाका ४ सय बढी स्थानीयहरुको सहभागिता रहेको साँस्कृतिक कार्यक्रममा महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक पेशकार सिंह, मुस्लिमधर्मका मौलाना असलम खान, हिन्दु धर्मगुरु रामानन्द मिश्र लगायतले बोलेका थिए ।

नरैनापुर गाँउपालिकाको सहयोग, युएनडिपी नेपाल र स्थानीय र जायुवा क्लबको समन्वय तथा बासको आयोजनामा भएको सो कार्यक्रममा मुस्लिम धर्मावलम्वीहरुको मोर्हरम बाजा, हिन्दु धर्मको भजन, चौधरी नृत्य, सामाजिक सद्भाव झल्कने नाटक, गित तथा गजलहरुको प्रस्तुतीकरण गरिएको थियो ।

प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५     7:30:48 AM  |