6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

प्राविधिक शिक्षालयको उद्घाटन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५  

दाङ/  प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोख्रेलले प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो बढ्नु पर्ने बताए ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासको मंगलबार प्राविधिक शिक्षालयको उद्घाटन उनले पछिल्लो समय प्राविधिक शिक्षालय धेरै खुलेपनि विद्यार्थी नहुँदा समस्या हुने गरेको बताए ।

अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएपनि अभिवाक र विद्यार्थीको चासो नहुदा विद्यार्थीको संख्यामा उल्लेख्य रुपमा बृद्धि हुन नसकेको उनको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा उनले अहिले प्राविधिक शिक्षा खोल्ने लहर बढेको भन्दै ति प्राविधिक शिक्षालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने समेत बताए ।

यसै वर्षदेखि विद्यालयमा सिभिल ईञ्जिनियरिङ्को पढाइ शुरु भएको छ । प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ समेत सञ्चालन गरिएको थियो ।

प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५     7:27:31 AM  |