लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम खैरेनीमा



बर्दिया/  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलबार बढैयाताल गाँउपालिका वडा नं. ४ खैरेनीमा पनि कार्यक्रम गरिएको छ । “लैङ्गिक हिंसा र दुव्र्ययवहार छैन हामीलाई स्बीकार” भन्ने नाराका साथ बढैयाताल गाँउपालिका वडा नं. ४ का अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले गाँउ समाजमा अझै पनि महिला हिंसाका घटना घटिरहेकाले यसलाई अन्त्य गर्न सबै लाग्नु पर्ने कुरामा जोड दिइन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बढैयातालमा महिला हिंसा, लागुपदार्थ दुव्र्यवसनी र मदिरा सेवन पुर्ण रुपमा अन्त्य गर्न अभियानमा लागेको बताए । अबदेखि गाँउपालिमा कोई कसैले लागुपदार्थ प्रयोग गरेको थाहा पाएमा र कसैबाट सूचना पाएमा जोकोहीलाई पनि कानुन अनुसार कारबाही गर्ने बताए ।

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतम, प्रहरी निरीक्षक लक्ष्मण ओलीका, न्यायिक समति सदस्य कमला गुरुङ, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, महिला, बुद्धिजिवी, स्थानीयवासी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १२ गते बुधबार