कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका–११ स्थित दिपसन यातायात सेवा प्राली सोमबारदेखि सञ्चालनमा आएको छ ।
प्रालीले एक कार्यक्रमका विच आफ्नो कार्यालयको उद्घाटन गरेको छ । गाडी मालिकहरुको सक्रियतामा स्थापना गरिएको प्राली मालिकहरुको हितका निम्ति स्थापना गरिएको प्रालीका अध्यक्ष दिल प्रकाश जि.एम.ले बताए ।
‘हामी नाफा भन्दा पनि यात्रुको सेवा र गाडी मालिकको हितको निम्ति प्राली संचालनमा ल्याएका हौं’ प्रालीका अध्यक्ष जि.एमले भने । नगरका गाडीहरु संचालन गर्न एकद्वार प्रणालीबाट सञ्चालन गरी यात्रुलाई सहज बनाउने प्रालीले जनाएको छ ।
प्रालीले गाडीको वार्षिक बिमा तथा ब्लुबुक नविकरण गरिदिने र एक वर्षसम्म कार्यालयका कर्मचारीहरुले निशुल्क सेवा प्रदान गर्ने बताइएको छ । प्रालीमा हाल ७ वटा बस र अटोरिक्सा सञ्चालनमा रहेका छन् ।
प्रालीमा थप अटोरिक्सा तथा गाडीहरु दर्ता प्रक्रिया रहेका छन् । प्रालीबाट हाल छोटोदुरीका यातयातका साधनहरु सञ्चालन हुने बताइएको छ ।