बर्दिया/ तेस्रो बाँसगढी औद्योगिक मेला तथा माघि महोत्सव सफल पार्न समिति गठन गरिएको छ । पौष २७ गतेदेखि माघ ८ गतेसम्म बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघि महोत्सव सञ्चालन हुँदै छ । बाँसगढी उद्योग वाणिज्य सँघको आयोजनामा सञ्चालन हुने महोत्सव सफल पार्न शनिबार मुल समिति र विभिन्न उप समिति गठन गरिएको छ ।
संघको नियमित मासिक बैठकबाट संघका अध्यक्ष रामसिंह थारुको संयोजकत्वमा ६६ सदसिय मुल समिति र बिभिन्न १३ उपसमिति गठन गरिएको हो । बैठकले कार्य समिति, लेखा समिति र सल्लाहाकार समिति संयोजक रहने गरी कार्यान्वय उपसमिति, अध्यक्ष रामसिंह थारुको संयोजकत्वमा समन्वय उपसमिति, संघका महासचिव युगपति पौडेलको संयोजकत्वमा सचिवालय गठन गरेको छ ।
त्यस्तै एकनारायण अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, वरिष्ठ उपाध्यक्ष बद्री बरालको संयोजकमा व्यानर प्रायोजन तथा स्टल बुकिङ उपसमिति, अथिति सत्कार तथा मुल्यांकन उपसमिति संयोजकमा पुष्प बराल, आर्थिक तथा टिकट व्यवस्थापन उपसमिति संयोजकमा सुरेन्द्र कुवर, निर्माण तथा वाल उद्यान उपसमिति संयोजकमा कृष्ण वली, महिला उद्यमी तथा फुलमाला व्याच निर्माण उपसमिति संयोजकमा मायाँ पौडेल रहेका छन् ।
महोत्सवमा साँस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमिति संयोजकमा शिव देबकोटा, विद्युत तथा खानेपानी उपसमिति संयोजकमा ईन्द्रजित बुढाक्षेत्री, मञ्च तथा स्वागत व्यवस्थापन उपसमिति संयोजकमा भोजराज शर्मा र सुरक्षा व्यवस्थापन तथा युवा परिचालन समितिमा कृष्ण प्रसाद बास्तोलालाई राखिएको छ । बाँसगढी उद्योग वाणिज्य सघको सुविधा सम्पन्न भवन निर्माण गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्