बर्दिया/ बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.३ मा शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावक विच छलफल गरिएको छ । शुक्रबार शिक्षाको सवालमा भएको बृहत छलफलमा अन्तरक्रियात्मक कार्यक्रमहरु हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले आफनो वडामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी शिक्षाको समस्यालाई पहिचान गरी कसरी शिक्षाको गुणस्तर बढाउन सकिन्छ भन्ने बारेमा आगामी दिनमा अभियान सञ्चालन गर्ने बताए । सो अभियानलाई सफल पार्नको लागि स्थानीय सभाको आवश्यक रहेको समेत बताए ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कायम राख्नको स्थानीय सरकार निरन्तर लागिरहेको वडा अध्यक्ष पराजुुलीले बताए । त्यसै गरि सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यक्रम व्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले स्थानीय सभाको काम कर्तब्यबारे प्रष्ट पार्दै संस्थाले सूचनाको हकको बारेमा काम गर्दे आइरहेको समेत जानकारी गराएका थिए । साथै उनले स्थानीय तहलाई जवाफदेहिता बनाउन प्रत्येक नागरिकहरु सूचनामा पहुच हुनुपर्नेमा जोड दिए । सोही अवशरमा प्राथमिक स्वास्थ्य केन्द्रका रामदास थारुले स्थानीय सभामा उठाए पछि आफनो स्वास्थ्य केन्द्रमा इमेल नेटको ब्यवस्था भएकोमा सवाल उठान गरी समाधान भएकोमा संस्थालाई बधाई समेत दिएका थिए ।
सो बैठकमा शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्या पहिचान गरी समाधानका उपायका पहिल्याउन सम्बन्धित विषयमा ५र५ सदस्यीय उप समिति समुह गठन समेत गरिएको छ । सो समहले सो क्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, कृषि र विपत ब्यवस्थापनको समस्याहरुको अध्ययन गर्ने र स्थानीय सभाको बैठकमा सवाल राख्ने प्रतिबद्धता समेत गरेका छन् ।
साथै सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, कार्यालयको सकृयतामा गठन भएको स्थानीय सभाका संयोजक हरि बहादुर घर्तीले सबै नागरिक समाज लागेर आफनो स्थानीय ठाउँलाई सुुशासनमय बनाउनुु पर्ने बताए । त्यसैगरि नवनिर्वाचित महिला वडा सदस्य चन्द्रकला विक, भुतपुर्व शिक्षक दयाराम पौडेल, पशु सेवा उपकेन्द्रका रामकुमार श्रेष्ठ, स्थानीय सभा सदस्य पदम बहादुर बुढा मगर र गोविन्द बस्यालले सबै भन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमामा जोड दिनु पर्ने र शिक्षाको क्षेत्रमा सुधार ल्याउनु पर्ने आवश्यक्ता रहेको बताए ।
यस स्थानीय सभाले सार्वजनिक निकायबाट प्राप्त सेवाहरुको प्रभावकारिताका लागि स्थानीय तहमा गर्न सकिने पैरवी र सरोकाकारवालासंग समन्वय र सहकार्य गरि कार्यमा प्रभावकारिता बनाउन पहल गर्दछ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सो स्थानीय सभा गठन गरिएको छ । स्थानीय तहमा प्रवाह हुने सामाजिक सेवा प्रभावकारिता, समस्या, चूनौती पहिचान गर्ने र सुधारका योजना वनाउन सघाउने उद्देश्यले स्थानीय सभा गठन गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता सोम सोम बहादुर गुरुङ्गले बताए ।
कृषि, स्वास्थ्य, शिक्षा र विपत्का क्षेत्रमा सरकारी सेवा प्रभावकारिता, नीतिगत व्यवस्था र त्यसको कार्यान्वयनमा देखिएका समस्या र चूनौती पहिचान गर्ने र सेवाको प्रभावकारी वनाउन सघाउने उद्देश्यले सभा गठन गरिएको हो । सभाको नियमित वैठकमा कृषि, शिक्षा, स्वास्थ्य र विपत् सम्बन्धि समस्याहरुको पहिचना गरी सो त्रैमासिक वैठकमा छलफल गर्ने र त्यहाँ समाधान नभएका सवालहरु गाउँपालिकामा गठन भएको गाउँपालिका स्तरीय साझेदारी मन्चमा छलफल गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्