बाँसगढी/ एसओएस सामाजिक सेवा केन्द्र र मेडिकल सेन्टर बाँसगढीको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सन २०१७ देखि हालसम्म भएका कार्यक्रम र आगामी वर्षमा हुने कार्यक्रमहरुका बारेमा स्थानीय तहलाई जानकारी दिने उद्देश्यका साथ सामाजिक लेखा परीक्षण गरिएको एसओएस मेडिकल सेन्टर बाँसगढीका प्रमुख शिव प्रसाद चौधरीले जानकारी दिए ।
एसओएस सामाजिक सेवा केन्द्र उत्तरभकारी र बाँसगढी, एसओएस मेडिकल सेन्टर बाँसगढीले सञ्चालन गरेको कार्यक्रम, चुनौती, बजेट र आगामी वर्षमा गरिने कार्यक्रम तथा बजेट सहितको प्रतिवेदन एस.ओ.एस मेडिकल सेन्टर बाँसगढीका प्रमुख शिव प्रसाद चौधरीले प्रस्तुत गरेका थिए ।
एसओएस सामाजिक सेवा केन्द्रले असाय, अशक्त, अनाथ, विपन्न वर्ग र एकल परिवारका बालबालिकाहरुलाई संरक्षण, पालनपोषण, शिक्षा, स्वास्थ र सुरक्षा सहित सक्षम र आत्मानिर्भर नागरिकको रुपमा समाजमा पुर्नस्थापित गरिरहेको जनाइएको छ । एसओएस सामाजिक सेवा केन्द्र बाँसगढी र उत्तरभकारी गरी १ सय २० जना विपन्न परिवार, असाहाय र एकल परिवार, अनाथ बालबालिकाहरु रहेको जनाइएको छ ।
एसओएस मेडिकल सेन्टर बाँसगढीले भने बेला बेला निशुल्क स्वास्थ्य शिविर सञ्चालन तथा स्वास्थ्य परीक्षणसँगै औषधी वितरण र बिशेष गरी बालबालिकाको स्वास्थ्य उपचारका बारेमा काम गर्दै आएको छ ।
एसओएस बालग्राम सुर्खेतका योजना निर्देशक मुकुन्ड कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र गिरी, ४ का अध्यक्ष रजमान चौधरी, इलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्य, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका मेडिकल अफिसर डा.सन्तोष पौडेल, बाँसगढीका स्वास्थ्य संयोजक शुरेस कुमार रेग्मी, मोतिपुर स्वास्थ्य चौकीका प्रमुख निरक थापा, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।