बाँकेको कोहलपुर नगरपलिका–११ स्थित सार्वजनिक शैक्षिक गुठी कोहलपुर माध्यमिक विद्यालयमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
विद्यालयले बिहीबार एक कार्यक्रमको आयोजना गरी निवर्तमान प्रधानाध्यापक रतन बहादुर शाहीलाई बिदाई तथा नवनियूक्त प्रधानाध्यापक खोमराज रमालीलाई स्वागत गरेको शिक्षक शंकर न्यौपानेले जानकारी दिए ।
निवर्तमान प्रधानाध्यापक शाहीलाई विद्यालय परिवारले सम्मानका साथ दोसल्ला ओढाउँदै कदरपत्रले सम्मान गर्दै बिदाई गरेको थियो । उनलाई नवनियूक्त प्रअ रमालीले मायाको चिनो समेत प्रदान गरेका थिए ।
यस्तै नवनियूक्त प्रअ रमालीलाई शफल कार्यकालको शुभकामना दिँदै दोसल्ला ओढाई फुलमालाले स्वागत गरिएको थियो । स्वागत तथा बिदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम सापकोटा, गुठी सञ्चालक समिति उपाध्यक्ष तिल प्रसाद सापकोटा, सचिव शेषकान्त शर्मा, सह–सचिव श्याम सुन्दर श्रेष्ठ, कोषाध्यक्ष नरेश केसी, सञ्चालक समिति सदस्य, शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम गुठी सञ्चालक समिति अध्यक्ष नारायाण प्रसाद लम्सालको सभापतित्वमा सम्पन्न भएको थियो ।