कोहलपुर/ कोहलपुर नगरपालिका–११ मा रहेको दिव्यले बहुउद्देश्यीय सहकारी संस्थाको १०औ साधारण सभा मंगलबार सम्पन्न गरिएको छ । सभाको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रावतले कार्यक्रमको उद्घाटन गर्दै सहकारी नाफामुखी मात्र नभई उत्पादनमुखी हुनुपर्नेमा दिए । कार्यक्रममा संस्थाकी अध्यक्ष पिनाका पुरीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थाका सदस्य इन्द्रमणी ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव शिव प्रसाद रेग्मीले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रम तथा भावी योजना प्रस्तुत गरेका थिए । उनले २०७४÷०७५ को करिव ९ करोड बराबरको कार्यक्रम प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा २ जना उत्कृष्ठ वचतकर्ता, असल ऋणी २ जना र ७ जना एकल महिलाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी संघका शाखा प्रवन्धक प्रतिनिधि, जिल्ला सहकारी संघका प्रतिनिधि, जिल्ला बहुउद्देश्यीय सहकारी संघका प्रतिनिधि, कोहलपुर सहकारी सञ्जालका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी अध्यक्ष पिनाका पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष टिकाराम रेग्मीले सञ्चालन गरेका थिए ।