वित्तिय साक्षरता कार्यक्रम सञ्चालन



कोहलपुर/  वित्तिय साक्षरताका बारेमा जानकारी गराउने उद्देश्यले मंगलबारदेखि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय कोहलपुरको आयोजनामा कोहलपुर नगरपालिका–९ भवानीयापुरदेखि सञ्चालन गरिएको सो कार्यक्रम बाँकेको कोहलपुर नगरपालिका लगायत बैजनाथ गाउँपालिकाका विभिन्न स्थानहरुमा समेत सञ्चालन गरिने भएको छ ।

संस्थाका कोहलपुर शाखा प्रवन्धक कृष्ण बहादुर थापाले जानकारी दिए । सोही कार्यक्रमअन्तर्गत मंगलबार कोहलपुर नगरपालिका वडा नं.९ भवानीयापुरमा कार्यक्रम सञ्चालन गरिएको थियो । वित्तिय साक्षरताका बारेमा ‘युवा तथा वयस्कहरुलाई जानकारी गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको प्रवन्धक थापाले बताए ।

संस्थाका केन्द्रिय कार्यालका कर्मचारी टेकराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वित्तिय साक्षरताका बारेमा फिनलिट प्रशिक्षकद्वय सोमराज भट्ट र राम कुमार महत्वले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको कोहलपुर शाखाका वरिष्ठ सहयोगी सदस्य मिना कुमारी थापाले सहजीकरण गरेकी थिइन् भने कोहलपुर शाखाका प्रवन्धक कृष्ण थापाले कार्यक्रमको उद्देश्यबारे प्रष्ठ पारेका थिए ।

यस्तै मंगलबार नै बैजनाथ गाउँपालिका–१ चिसापानीमा पनि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम कोहलपुर र बैजनाथमा गरी चार दिनसम्म सञ्चालन गरिने छ । कार्तिक २८ गते कम्दी र रोहीनीखोला, २९ गते खड्कवार र कम्दी र ३० गते शिद्धनगर र आदर्शनगरमा सञ्चालन गरिने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक २८ गते बुधबार