बर्दिया/ बाँसगढी नगरपालिका वडा नम्बर ९ को पूर्ण सरसफाई रणनीतिक योजना मस्यौदा तयार पारिएको छ । खानेपानी सरसफाइ तथा स्वच्छताका लागि पानी सुरक्षा कार्यक्रम अन्तर्गत सोमबार सम्पन्न भएको वडा स्तरिय योजना तयारी कार्यशाला गोष्ठीमा योजना मस्यौदा तयार पारिएको हो ।
वडा नम्बर ९ लाई २०७५ चैत मसान्तसम्म पूर्ण सरसफाइयुक्त वडा बनाउने लक्ष्यका साथ मस्यौदा तयार पारिएको छ । पूर्ण सरसफाइ मार्ग दर्शन २०७३ को अनुसूची ४ मा रहेका खोनपानी सरसफाइ तथा स्वच्छताका योजनामा समावेश हुनु पर्ने १० ओटा आधारभुत्त विषयहरुमा समूहगत छलफल गरी योजना मसौदा तयार पािरएको छ ।
तयारी गोष्ठीमा खानेपानी सरसफाइको वर्तमान अवस्था, अवसर र चुनौतीको विश्लेशन, कार्ययोजना, क्रियाकलाप, लागत योजना, सरोकारवाला र जिम्मेवारीको विषयमा बृहत छलफल गरी योजना बनाइएको थियो ।
गोष्ठीमा तयार पारिएको मस्यौदालाई अन्तिम रुप दिन फेरी वडा स्तरका जनप्रतिनिधी समाजसेवी, बरघर अगुवा, शिक्षकहरुसँग छलफल गरिने बेस बर्दियाका कार्यक्रम संयोजक नरबहादुर चौधरीले बताए ।
९ नम्बर वडाका वडा अध्यक्ष जय बहादुर चन्दको अध्यक्षतामा भएको गोष्ठीमा वडाका जनप्रतिनिधि, शिक्षक, समाजसेवी, बरघर, स्वास्थ्य स्वंयमसेवीका, स्थानीय युवा क्लव, राजनतिक दलका प्रतिनिधि, बाँसगढी उद्योग वाणिज्य संघका प्रतिनिधि, बेस बर्दियाका अध्यक्ष, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
खानेपानी सरसफाई तथा स्वच्छताका लागि पानी सुरक्षा कार्यक्रम अन्तरगत व्याकवार्ड सोसाइटी एजेकेशन(बेस) बर्दियाको प्राविधिक, वाटर एडको आर्थिक सहयोगमा बाँसगढी वडा नम्बर ९ को आयोजनामा कार्यशाला गोष्ठी भएको थियो ।