कोहलपुर/ भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा भएको जग्गाको रजिष्ट्रेशनको राजश्व मध्ये पौने ६ करोड बढी रकम स्थानीय तहलाई वितरण गरिएको छ ।
मालपोत कार्यालय बाँकेमा भएको रजिष्ट्रेशनको आधारमा जिल्लामा रहेका स्थानीय तहलाई साउनदेखि असोज सम्मको न्यूनतम तीन लाख ३४ हजारदेखि अधिकतम तीन करोड २८ लाख रुपैयाँ गरी पाँच करोड ८६ लाख ३८ हजार ८ सय ६१ रुपैयाँ वितरण गरिएको प्रमुख मालपोत अधिकृत प्रेम दौल्यालले जानकारी दिए ।
प्रमुख मालपोत अधिकृत दौल्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म रजिष्ट्रेशनबापत ९ करोड ७७ लाख ३१ हजार ४ सय ३५ रुपैयाँ राजश्व जम्मा भएको छ ।
राजश्वको बाँडफाँड अनुसार रजिष्टे«शसनबापत जम्मा हुने रकममध्ये ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेशको सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रकाशित मिति : २०७५ कात्तिक २० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्