बर्दिया/ महिला हिंसा न्यूनीकरणका लागि विशेष अभियान अन्तर्गत चेतनामुलक दैउसी भैलो खेलिएको छ ।
बढैयाताल गाँउपालिकामा महिला पुरुष बिच समान व्यवहार विकास गर्ने उद्देश्यका साथ महिला हिंसा सम्बन्धी काम गर्ने विभिन्न संघ–संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी लगायतको सहभागितामा देउसी भैलो खेलिएको हो ।
बढैयाताल गाँउपालिका र इलाका प्रहरी कार्यालय मैनापोखरको सहकार्यमा जनचेतनामुलक देउसी भैलो खेलिएको हो । गाउँपालिकामा हुने महिला हिंसा, माद्यक पदार्थ सेवन, लागुपदार्थ दुव्र्यसनी जस्ता समाजिक विकृतिहरुलाई अन्त्य गर्ने अभियान अन्र्तगत जनचेतनामुलक देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको जागरण समूहका संयोजक तथा बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमले बताए ।
मानिसहरुको सोचाई र चेतनामा अझै कमी रहेकाले पनि सबैको चेतनाका लागि, रमाइलो होस भन्ने उद्देश्यले चेतनामुलक देउसी भैलो कार्यक्रम खेल्नु परेको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।
देउसी भैलो कार्यक्रम बढैयाताल गाँउपालिकाको जमुनी, भोला गौडी, खैरेनी, बढैयागाँउ, मैनापोखर बजार र सितला बजारमा खेलिएको थियो ।









प्रतिक्रिया दिनुहोस्