नेशनलको एजेन्सी कार्यालय कोहलपुरमा



कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिका—११ मा नेशनल लाईफ ईन्सोरेन्स कम्पनीको एजेन्सी कार्यालय शनिबार कोहलपुरमा उद्घाटन गरिएको छ । कार्यालयको कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै बस्नेतले कम्पनीले जनताको बचतलाई सम्मान गर्ने बताउँदै अभिकर्ताको सेवा सुविधालाई समेत मध्यनजर गर्दै अघि बढ्ने बताए । एजेन्सी कार्यालय उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरीले विमा सर्वोत्तम बचत रहेको बताइन् ।

एजेन्सी कार्यालय कोहलपुरका प्रमुख शंकर लामिछाने अशान्तको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, कम्पनीका प्रदेश नं. ५ का प्रमुख राम चन्द्र तिवारी, कालिका कन्ट्रक्सन कम्पनीका डिजी युवराज क्षेत्री, नेपालगन्ज शाखा प्रमुख दिपनारायण खनाल, कोहलपुर उद्योग वाणिज्य संघकी सदस्य संगीता सुवेदी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १८ गते आइतबार