मानव बेचबिखन विरुद्ध अभिमुखीकरण



कोहलपुर/ बाँकेको कोहलपुरमा नगरपालिका–१४ हवलदारपुरमा मानव बेचबिखन विरुद्व अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

समाजसेवा संस्था कोहलपुरको आयोजना र माईती नेपाल नेपालगन्जको सहकार्यमा मानव बेचविखन विरुद्व एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

माईती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले मानव बेचबिखनका विरुद्ध सबै लाग्नुपर्ने बताउँदै बालबालिका र महिलाहरु मानव बेचबिखनको सिकार भइरहेको बताएका छन् ।

साथै उनले माईती नेपालले नेपालबाट बेचिएका बालबालिका र महिलाहरुको उद्धार गरिरहेको बताउँदै दलालहरुबाट बच्नका लागि सचेत हुनुपर्नेै बताए ।

समाज संस्था नेपालका अध्यक्ष विनोद थापाले आफन्तहरुबाटै बालबालिका र महिलाहरु बेचविखन भइरहेको बताए । कार्यक्रममा करिब ४० जना यूवाहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १८ गते आइतबार