इन्फिनिटीको शाखा कार्यालय कोहलपुरमा



कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिका–१० मा इन्फिनिटी लघुवित्त संस्था लि.को शाखा कार्यालय बिहीबार उद्घाटन गरिएको छ । कार्यालयको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख रावतले कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले देशको आर्थिक विकासका लागि लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै छिट्टै नै नेपालको सबैभन्दा ठुलो लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित हुन सफल होस् भन्ने शुभकामना दिएका थिए । साथै उनले गाउँगाउँका महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरु सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक निम बहादुर चलाउनेले मुलुकको आर्थिक क्रान्तिमा लघुवित्त संस्थाको भुमिका महत्वपुर्ण भुमिका रहेको बताउँदै वडा नं. १० स्थापना भएको संस्थालाई पुर्ण सहयोग र संरक्षण गर्ने प्रतिवद्धता जनाए ।

यस्तै कार्यक्रममा बोल्दै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.का संस्थापक तथा पूर्व उपसचिव दिनेश अधिकारीले विपन्न वर्गमा जाने कर्जा बैंक तथा फाइनान्स कम्पनी स्वयंले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त वित्तीय संस्थाहरुमार्फत मात्र लगानी गर्ने नीति बनाउन सकेमा लघुवित्तीय संस्थाहरुलाई कार्य गर्न अलि सहज हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.का कार्यकारी प्रमुख प्रविण कुमार लामाले ग्राहकहरुलाई समृद्वि बनाउनका लागि दिर्घकालिन योजनाहरु ल्याउन लागिरहेको बताए । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कोहलपुर अन्तर्गत मदनचोक महिला समूहकी अध्यक्ष कल्पना शाहीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १७ गते शनिबार