कोहलपुर/ कणार्ली प्रदेशस्थित सुर्खेतको वीरेन्द्रनगरमा रहेको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय प्रदेश ५ को कोहलपुर सर्ने भएको छ ।
यसअघि साविकको मध्य र सुदुरपश्चिम् लाई हेर्दै आएको कार्यालयले अब कर्णाली र सुदुरपश्चिम प्रदेशलाई आधार मानी मौसमसम्बन्धी तथ्यांक संकलन तथा सूचना सम्प्रेषणका लागि कोहलपुरबाट कार्य संचालन गर्नेछ ।
संघिय मामिला तथा सामान्य प्रशान मन्त्रालयले यसअघि जल तथा मौसम विज्ञान विभागलाई चार क्षेत्रमा रहने गरी स्वीकृत गरेर पठाएको थियो । सोही पत्रअनुरुप प्रदेश न १ र २ हेर्ने गरि धरान, प्रदेश न ४ हेर्ने गरि पोखरा, प्रदेश ५ हेर्ने गरि भैरहवा, प्रदेश न ६ र ७ हेर्ने गरि कोहलपुरमा राखिने भएको हो । यसमा पोखरा र धरान यथावत छन् ।
प्रदेश ५ मा दुई कार्यालय राख्ने र पुर्वाधारयुक्त, मौसम राडर समेत हेर्ने सुर्खतको कार्यालय कोहलपुरमा सारिनुले कर्णाली प्रदेशलाई उपेक्षा गरिएको ठहर छ । र संघिय अवधारणा अनुरुप संरचना तयार भएकोमा जल तथा मौसम विज्ञान विभागले नै आपत्ती जनाएको थियो ।
कर्णालीमा हुने दैवी प्रकोपका घटनाले आक्रान्त भइरहेको बेला कार्यालय कोहलपुर सार्नु गलत भएको कर्णाली प्रदेशका सम्बदहरु बताउछ्न ।
मौसम सम्वन्धी जानकारी दिने राडार समेत सुर्खेतमा निर्माण भइरहेको बेला कार्यालय सार्नु कर्णालीलाई उपेक्षा गरेको उनीहरु बताउछ्न ।