अटो तथा टेम्पोको भाडादर निर्धारण 



दाङ/  जिल्लामा सञ्चालित अटो तथा टेम्पोको भाडादर निर्धारण गरिएको छ । लामो समयको अन्योलपछि जिल्लामा सञ्चालनमा रहेका अटो तथा टेम्पोको भाडादर निर्धारण गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख मदन कुँवरले जानकारी दिए ।
टेम्पो तथा अटोले मनोमानी रुपमा चर्को भाडा असुलेको व्यापक जनगुनासो आएपछि दोस्रो पटक मङ्गलबार बसेको यातायात व्यवस्था समितिको बैठकले दाङका घोराही, लमही, नारायणपुर, तुलसीपुर र भालुबाङ क्षेत्रमा सञ्चालित त्यस्ता सवारीको भाडादर निर्धारण गरेको हो ।
यातायात व्यवस्था समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले भाडादरमा जिल्लाका विभिन्न स्थानमा डेढ किलोमिटरसम्म प्रतिव्यक्ति रु २५ तथा नगर क्षेत्र बाहिर सोही आधारमा मूल्य निर्धारण गरिएको र सो भाडा बिहीबारदेखि लागू हुने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयन नगर्नेलाई कारवाही गर्ने टाफ्रिक प्रहरी कार्यालयका प्रमुख कुँवरले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १५ गते बिहीबार