13 July 2024  |   शनिबार, असार ३०, २०८१

कुटपिटबाट वृद्धको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५  

दाङ/ दाङमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा सिँचाइ गर्ने पानी लैजाने विषयमा विवादपछि कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय ४० वर्षीय मइमान बस्नेतको कुटपिटबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

हत्या आरोपमा बस्नेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । भण्डारीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५     8:36:41 AM  |