8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

पानी उमालेर खाना सुझाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५  

बाँसगढी/  खानेपानी सरसफाइ तथा स्वच्छताका लागि पानी सुरक्षा कार्यक्रम मंगलबार बाँसगढीमा सम्पन्न भएको छ ।

खानेपानीको माध्यमबाट धेरै रोगहरु सर्ने भएकोले पानी उमालेर राम्रोसँग छोपेर खानाले धेरै रोगबाट बच्न सक्ने बाँसगढी स्वास्थ्य शाखा प्रमुख सुरेश कुमार रेग्मीले सुझाव दिए ।

त्यसैगरी पुर्ण सरसफाइ रणनीतिक योजना मस्यौदा प्रतिवेदन समिक्षा छलफल पनि भएको थियो । समिक्षा छलफलमा वास पलान परमार्शदाता बिष्णु डवादीले ५ समूह गठन गरी पूर्ण सरसफाइ रणनितिक योजनामा काँटछाँट गरी सच्याउन लगाएका थिए ।

कार्यक्रम बाँसगढी नगरपालिकाको आयोजनामा, वार्टर एडको आर्थिक सहयोग तथा बेस बर्दियाको प्राविधिक सहयोगमा भएकोे थियो । कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मरराज खत्री, बाँसगढी नगरपालिकाका सबै वडाका अध्यक्ष, सदस्य, बाँसगढी स्वास्थ्य साखा प्रमुख सुरेश कुमार रेग्मी, बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष राम सिंह थारु, नेपाली कांग्रेसका नगर सभापति गोबिन्द शर्मा, बेस बर्दियाका अध्यक्ष बिष्णु थारु, स्वास्थ्य तथा सरसफाई कार्यक्रमका प्रवन्धक बिमला बुढामगर, बाँसगढी नगर स्तरीय युवा सन्जालका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः बुधबार, कार्तिक १४, २०७५     8:34:03 AM  |