अन्तरक्रिया सम्पन्न



बर्दिया/ बर्दियाको बढैयातालमा महिला हिंसासम्बन्धी काम गर्ने संघ सस्थाहरुसँग अन्तरक्रिया गरिएको छ । बढैयाताल गाँउपालिकालाई महिला पुरुष बिच सम्मान व्यवहार विकास गर्ने उद्देश्यका साथ महिला हिंसासम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी लगायतलाई बोलाएर अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा सहभागिहरुलाई ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले कोही कसैलाई कुनै पनि प्रकारको हिंसा नगर्न र हिंसा सहेर पनि नबस्न आग्रह गरे । सहभागी महिला अधिकारकर्मीहरुले महिला हिंसा सम्बन्धी ईलाका प्रहरी कार्यालयले अन्तरक्रिया गरेकाले प्रहरी हाम्रो साथी हो भन्ने महसुस गरिएको बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा महिला हिंसा अन्त्य विशेष अभियान, ब्यान, ब्रोसर बुकलेट निर्माण, स्थानीय स्तरमा महिला हिंसा प्रतिकार अभियान, तिहारमा चेतनामूलक दैउसी भैलो कार्यक्रम सञ्चालन गर्ने, बालिका बचाउ कार्यक्रम सञ्चालन गर्ने र महिला बालबालिका सेल ब्यारेक निर्माण गर्ने गरी ६ वटा निर्माण गरिएको थियो । कार्यक्रम बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमको अध्यक्षतामा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १४ गते बुधबार