थ्रि एन्जेल्सको समन्वयात्मक बैठक 



कोहलपुर/  बाँकेको कोहलपुरमा थ्रि एन्जल्स नेपालले सोमबार समन्वयात्मक बैठक सन्पन्न गरेको छ । ‘उद्दार, रोकथाम र पुर्नस्थापनको माध्यमद्वारा मान बेचबिखनको अन्त्य गरौं’ भन्ने मुल नाराका साथ मानव बेचबिखन सम्बन्धी भए गरेका काम र प्रगति तथा अगामी कार्ययोजना सम्बन्धी सरोकारवाला निकाय बिच समन्वयात्मक बैठक सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर ईलाका प्रशासन कार्यालयका प्रमुख दक्तराज हमालले बेचिएका, लुटिएका र अन्य यौन जन्य हिंसामा परेका बालबालिका तथा महिलाको उद्वार गर्न सरकारी तथा गैरसरकारी संघसंस्था बिच सहकार्य हुन आवश्यक रहेको बताए । साथै बालबालिकाको उद्वारका नामममा विभिन्न संघसंस्थाहरु खोलिएको बताउँदै थ्रि एन्जल्सले राम्रो काम गर्नपर्नेमा जोड दिए् ।

कार्यक्रममा बोल्दै थ्रि एन्जल्सका केन्द्रिय प्रशासकिय प्रमुख भिम प्रसाद पौडेलले हिंसा पीडित महिला तथा बालबालिकाको लागि तत्काल उद्वार समिति, अवसधारणा, कार्यक्रम, उपलब्धी र चुनौतीहरुका बारेका जानकारी गराएका थिए । साथै उनले सरकारी निकाय र गैरसरकारी संघ संस्थाहरुको समन्वय भएको खण्ड समाजबाट हिंसाको न्युनीकरण गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै थ्रि एन्जल्स नेपाल बाँके शाखाका शाखा अधिकृत लोकेन्द्र बहादुर सुनारले संस्थाले आफ्नो स्थपना कालदेखि नै मानव वेचविखन तथा ओसारपसार विरुद्ध बालबालिकाहरुको क्षेत्रमा काम गर्दे आइरहेको बताए् ।

साथै उनले यौन व्यवसाय तथा जुनसुकै प्रयोजनको जवरजस्ती रुपमा देश बाहिर पु¥याइएका बालबालिका तथा महिलाहरुको सुरक्षित उद्दार गरी स्वदेश फर्काउने र देशभित्रै जोखिममा रहेका महिला तथा बालबालिकाहरुलाई आवश्यक परामर्श दिई समाजमा पुर्नस्थपना गर्न यस संस्थाले पहल गर्दै आइरहेकोमा जोड दिए । हाल संस्थामा करिव २ सय ५० जति बालबालिकाहरु संरक्षणमा रहेका र यस्तै संस्थाले कारागार सहयोग कार्यक्रम पनि गर्दै आइरहेको उनले बताए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले समाजमा भए गरेका हिंसात्मक घटनालाई रोक्न यस संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्ने र स्थानीय निकायसँग सहकार्य गरी समाजमा शान्ति स्थापना गर्नुपर्नेमा जोड दिए । कार्यक्रमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १३ गते मंगलबार