1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १०, २०७५  

दाङ/  गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् ।

दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिनुभयो । तीमध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका छन् ।

नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेपछि जिल्लामा यो अधिकार प्रयोग हुन थालेको हो । गत आर्थिक वर्षमा ६४० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए ।

तीमध्ये ४९५ मुद्दा फछ्र्यौट भएको अदालतका श्रेष्तेदार रेग्मीले बताए । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरू स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्ध विच्छेदका प्रमुख कारण रहेको उनले बताए । -रासस

प्रकाशित मितिः शनिबार, कार्तिक १०, २०७५     9:46:07 PM  |