बर्दिया/ देवकोटा बन्धु समाज बाँके बर्दियाको अध्यक्षमा बलराम देबकोटा चयन भएका छन् । देवकोटा बन्धु समाजको बाँसगढीमा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट तीन वर्षे कार्यकालका लागि बाँसगढीका बलराम देवकोटाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा भिम प्रसाद देबकोटा(बाँसगढी) द्वितीय उपाध्यक्षमा गोबिन्द देबकोटा(चेपाङ्ग) महासचिव लक्ष्मण देबकोटा, सचिवमा रामजी देबकोटा, कोषाध्यक्षमा बिष्णुमाया देबकोटा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा ज्ञान बहादुर खत्री(बेलवा), संगिता देवकोटा, दिपक देवकोटा, गोपाल प्रसाद देवकोटा(डाँफे) बलराम देवकोटा(कोहलपुर) वरपति देवकोटा र मुक्ति देवकोटा (जिगाँउ बाँके) बाट चयन भएका हुन् ।
देवकोटा बन्धु समाजका अध्यक्ष बलराम देकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रिय सदस्य देविदत्त देबकोटा, जेष्ठ नागरिक कपिलमणी देबकोटा र मन्दिर निर्माणका लागि जग्गा दाता भिम प्रसाद देबकोटा लगायतको उल्लेख्य सहभागिता रहेको सचिव रामजी देबकोटाले जानकारी दिए ।
उपाध्यक्ष भिम प्रसाद देबकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मण देबकोटाले गरेका थिए । नवनिर्वाचित अध्यक्षले बाँके बर्दियामा छरिएर रहेका सम्पुर्ण देवकोटा बन्दुहरुलाई यस समाजमा गोलबन्द हुन र आउने दिनहरुमा आफु देवकोटा वन्दुहरको सेवामा सधै लागि पर्ने प्रतिवद्धता समेत जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्