नेपालगन्ज/ वडा प्रहरी कार्यालय नेपालगन्जको सक्रियतामा एक व्यक्तिले आफ्नो हराएको मोटरसाईकल फिर्ता पाएका छन् ।
वडा प्रहरीको टोलीले असोज १४ गते परस्पुर चौकमा बेवारिसे अवस्थामा भे ५ प ६३१९ नम्ब्रको मोटरसाईकल फेला पारी कार्यालयमा सुरक्षित राखेको थियो ।
बर्दिया गुलरिया नगरपालिका वडा नं.११ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ बस्ने मोहमद वकिल कुरेसीले मोटरसाईकलको कागजातहरु कार्यालयमा पेश गरेपछि वडा प्रहरी कार्यालयले बिहीबार मोटरसाईकल हस्तान्तरण गरेको वडा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक नारायण डांगीले बताए ।
प्रकाशित मिति : २०७५ कात्तिक ९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्