कृषि अनुसन्धान केन्द्रका मजदुर आन्दोलित



खजुरा, (बाँके)/  ज्याला वृद्विको माग गर्दै बाँके जिल्लाको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क) मा कार्यरत दैनिक ज्यालादारी मजदुर आन्दोलनमा उत्रेका छन् ।

सरकारले तोकेको न्यूनतम तलब (पारिश्रमिक) नपाएको बताएका उनीहरूले राजपत्रमा प्रकाशित भए बमोजिमको दैनिक ज्याला पाउनुपर्नेमा जोड दिँदै मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । मजदुर भरत नेपालीले अहिले दैनिक काम गरेबापत रु ३७५ मात्र पाउँदै आएको बताए ।

राजपत्रमा दैनिक ज्याला न्यूनतम रु ५१७ उल्लेख छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका कृषि वैज्ञानिक डा दिनेश यादवका अनुसार मजदुरको माग माथिल्लो तहमा पठाइएको छ । सो केन्द्रमा झण्डै १५० भन्दा बढी मजदुर दैनिक ज्यालादारीका रूपमा काम गर्दै आएका छन् । -रासस

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ८ गते बिहीबार