16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

श्रीदेवीको चवन्नी मुस्किले चर्चा बुटुल्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक ५, २०७५  

नेपालगञ्ज/  बाँके बैजनाथकी श्रीदेवी थारुले थारु भाषाको बिल्कुलै नयाँ डान्सिङ्ग गीत चवन्नी मुस्कि लिएर सांगीतिक क्षेत्रमा प्रबेश गरेकी छन । साबिको टिटिहिरिया गाबिस निवासी तथा हाल बैजनाथ वडा नं.–७, पेडारी निवसी श्रीदेवी सानैदेखि कलाक्षेत्रमा लाग्ने चाहना पुरा गर्न डान्सिङ्ग गीत चवन्नी मुस्कि लिएर कला क्षेत्रमा प्रबेश गरेकी हुन ।

गत असोज ३१ गते सि.एस.फिल्मस् प्रालि यु ट्यूव च्यानलमार्फत सार्वजनिक गीतले कम समयमै यु ट्यूवमा चार्चा बटुलेको छ । उनको गीतलाई दर्शक तथा आफन्तजनले एकदमै राम्रो रहेको प्रतिक्रिया दिइरहेका छन् । श्रीदेवी र अशोक थारुको अवाजमा सार्वजनिक सो गीत कम समयमै यु ट्युवमा भारी दर्शक आफुतिर तान्न सफल भएको छ भने धेरैले नयाँ गितको शुभकामनासंगै राम्रो भएको प्रतिक्रिया दिएका हुन ।

नेपालगञ्जमै बसेर प्रबिणता प्रमाण–पत्र तह पुरा गरेकी श्रीले नेपालगञ्जकै रोडियो कृष्णसार र रेडियो हिमाल एफ एममा समाचार तथा कार्यक्रम शाखामा करिब ३ वर्ष काम गरिसकेकी छिन । सानैदेखि नृत्य गर्न रुचाउने श्रीदेवी गाउँघरमा हुने साँस्कृतिक कार्यक्रमहरुमा सहभागि हुने गर्थिन । सानैदेखि उनमा मोडल बन्ने चाहना थियो । तर परिवारको सर्पोट नहुनुले उनको सपना पुरा हुन सकेको थिए । पारिवारिक र पढाईले गर्दा पुरा हुन नसकेको आफ्नो चाहना यो गीतमार्फत पुरा गरेको श्रीदेवीले जानकारी दिइन ।

कला क्षेत्रमा लाग्न छोरीलाई सहयोग गर्न नचाहने उनका बुवा रामगोपाल थारु गीतको अडियो सुनेर नै दंङ्ग परेका थिए । शुरुमा कला क्षेत्रमा लाग्न नदिने चाहना थियो, श्रीदेवीले बुवाको कुरा सम्झदै भनिन तर मेरो पहिलो प्रयास स्वरुप जब मैले गीतको अडियो बुबालाई सुनाए, त्यसपछि उहाँको मनमा कलाप्रति आफ्नो छोरीलाई सहयोग गर्ने चाहना जागेको हो ।

छोरीको कलालाई बढावा दिन गीतको भिडियोका लागि उनका बुबा रामगोपाल थारुले ड्रेस डिजाईन समेत गरिदिएका छन् । बुुबालाई एकदमै मन परेको छ छोरीको भिडियो दर्शकले पनि मन पराई दिने हुने आशा गरेकी छ् श्रीदेवीले भनिन । गीतको अडियो रेर्काडिङ्ग खर्च श्रीदेवी आफै लगानी गरेकी छिन् भने म्युजिक भिडियोमा उनका बुबाले लगानी गरिदिएका छन् ।

चन्द्र चौधरी र दिपक चौधरीको निर्देशन, मनोज थारुको संगीत रहेको म्युजिक भिडियोको निर्माण श्रीले स्वयंमनै गरेकी हुन । सतिश सिन्हाको श्रृङ्गार, दिपक दिपको नृत्य निर्देशन रहेको भिडियोमा श्रीदेवी, विवश चौधरी र मनिष थारु लगायतको अभिनय रहेको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक ५, २०७५     7:45:50 PM  |