नेकपाले ग¥यो शुभकामना आदान प्रदान कार्यक्रम



 

कोहलपुर ३० असोज/ विजया दशमी शुभदिपावली तथा छठ पर्व तथा नेपाल संम्वत ११३९ को नेपाल सम्वतको अवसरमा बाँकेको कोहलपुरमा मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ५ नं प्रदेशकी भुमी व्यवस्था तथा कृषी सहकारी मन्त्री आरती पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा कार्यक्रममा मन्त्री पौडेलले दुई कम्नियुष्ट पार्टी एक भए संगै विकास र परिवर्तनको सुरुवात भएको बताईन । साथै उनले सम्पुर्ण नेकपा कार्यकर्तालाई शुभकामना समेत व्यक्त गरिन ।

शुभकामना कार्यक्रममा नेकपा बाँके कार्यदलका सदस्य अकल बहादुर बम , गोपाल गिरी अशोक कोईराला ,कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत,कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्का नेकपाका नेता सुर्य ढकाल, , होटल व्यवसायी संघ बाँके कोहलपुरका अध्यक्ष बलराम भट्टराई,नेकपाका बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्र न्यौपाने ,अब्दुल हुसेन खाँ, युवाका तर्फबाट सुरज जागा,महिलाका तर्फबाट रेणुका खड्का ,जनप्रतिनिधिका तर्फबाट नारायणी वली संघ संस्थाका तर्फबाट डोलराज अर्याल ईलाका प्रहरी कार्यालयका कोहलपुरका प्रमुख रमेश बहादुर सिँह पत्रकार विष्णु प्रसाद बेल्बासे कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरु नेकपा बाँकेका नेता कार्यकर्ता लगायतले शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रम तेज प्रसाद चापागाईको सभापतित्वमा सम्पन्न भएको थियो भने पुर्व नेकपा एमाले कोहलपुर कमिटिका सचिव खिल प्रसाद भुषालले संचालन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असोज ३० गते मंगलबार