1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

सेवा आयोगकोे विविधता, व्यवस्थापन तथा सामान्य प्रशासन र आवश्यकता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज १८, २०७५  

 एकराज शर्मा (राज)

(शिक्षण समिति अध्यक्ष पाठ्यक्रम तथा मूल्याङकन र समाजशास्त्र विभाग बागेश्वरी बहुमुखी क्यामपस कोहलपुर ,बांके) 

     नेपालको सन्दर्भमा उल्लेख गर्नुपर्दा विविधता व्यवस्थापन तथा प्रशासन र यसको आवश्यकता सम्बन्धी अध्ययन गर्नु अति आवश्यक छ । व्यवस्थापनको क्षेत्रमा विविधता व्यवस्थापन नयाँ एवम् आधुनिक धारणा हो । यो अवधारणाको सुरुवात सन् १९८० को दशकमा अमेरीकाबाट भएको पाईन्छ । जुनसुकै देश, समाज तथा संगठनमा विविधता रहेको हुन्छ । विविधता प्रत्येक समाजको यथार्थता, सत्यता एवम् तथ्यगत दृष्टिकोण हो । हरेक देशले विविधताको सामना गर्ने गरेको सर्वविदित छ । यो वाञ्छित आवश्यकता भित्र पर्दछ ।

सेवाआयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको लागि तयारी गर्ने आम सहभागी वा विद्यार्थीहरुको समस्याको रुपमा सामान्य ज्ञान तथा वस्तुगत प्रश्नहरुको अध्ययन गरिन्छ ।

वर्तमान समय र सन्दर्भमा खुल्ला अर्थतन्त्रले निम्त्याएको आर्थिक उदारिकरण, विश्वव्यपीकरण, आर्थिक—सामाजिक, साँस्कृतिक एवम् राजनैतिक पक्षहरुमा भईरहेको परिवर्तन भित्र पनि विविधता लुकेको हुन्छ । परिवर्तन रुपान्तरणको बढ्दो प्रवृतिले गर्दा व्यवस्थापन कार्य जटिल कठिन तथा चुनौतिपूर्ण रहेको सर्वस्वीकार्य छ । संसारका धेरै मुलुकहरुले विविधताको व्यस्थापन गर्न नसकेको कारण आन्तरीक कलहमा फसीरहेका छन् । मुलुकमा तनाव उत्पन्न भई आर्थिक, सामाजिक, राजनीतिक हरेक क्षेत्रमा प्रभाव पारेको पाईन्छ । हाम्रो देश नेपाल विभिन्न भाषा, धर्म, जाती, पेशा, भूगोल सँस्कृति लगायतमा विविधता छ । केही समय यता हाम्रो देशको संकट हेर्दा विविधताको व्यवस्थापन उचित ढंगबाट नभएर समस्याको खाडलमा पर्न लागेको देखिन्छ । यसले देशमा सांगठनिक रुपमा निकै प्रभाव नपारेको भएता पनि समग्र भुगोलमा भने धर्म, भाषा, पेशा, जातीयता, राष्ट्रियता साँस्कृतिकपन एवम् भौगोलिकतामा विविध प्रभाव पारेको देखिन्छ । जसको कारण विविध व्यवस्थापन हाल पेचीलो बन्दै गएको महसुस भएको छ । नेपालमा विविधता व्यवस्थापनको महत्व एवम् आवश्यकता यस्तो रहेको छ ः–
(क) विविधता व्यवस्थापनले कुनै पनि संघ, संगठन एवम् मुलुकमा सिर्जनशिलता एवम् नवप्रवर्तनलाई प्रवर्धन गर्दै, भविष्यको विकास एवम् प्रतिस्पर्धात्मक फाईदा हासिल गर्नमा सहयोग पु¥याउने गर्दछ ।
(ख) यसले नयाँ बजारमा पहुँच, नयाँ सेवाग्राहीको खोजी, नयाँ वस्तु वा सेवाको उत्पादनलाई प्रवद्र्धन गरेको हुन्छ ।
(ग) विभिन्न विचारधारा तथा सीपहरुलाई प्रवर्धन गर्नका लागि नै संगठनको कामको क्षेत्रमा विस्तार गरी विविधीकरण गर्नुपर्दछ ।
(घ) संघ, संगठनको सामथ्र्यता तथा त्यसको कार्यक्षमतालाई अभिवृद्धि गर्न सहयोग पु¥याउने समान खालका कर्मचारी भएको संगठनको तुलनामा विभिन्न ज्ञान, सीप, धारणा, क्षमता र दक्षता भएका संघ संगठनहरुलाई सक्षम बनाउनु पर्दछ ।
(ङ) यसले झै—झगडा, कलह एवम् अवरोधको अवस्थालाई न्यूनिकरण गर्दछ ।
(च) विविधता व्यवस्थापन विभिन्न सीपहरुको संयोजनको मिश्रण हुने भएकाले समूहगत कार्यलाई बढवा दिन्छ ।
(छ) ग्राहक तथा सेवाहरुको पहँुचलाई विविधीकरण गरी नयाँ ग्राहक तथा सेवा प्राप्त व्यक्तिहरुमा पहुँच बढाई विस्तार गर्दछ ।
प्रशासन
नेपालको सन्दर्भमा लोकसेवा आयोग, शिक्षक सेवा आयोग एवम् विश्वविद्यालय सेवा आयोग बाट प्रशासनिक कर्मचारी एवम् शिक्षक तथा प्राध्यापकहरुको छनोट गर्ने व्यवस्था छ । सेवाआयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको लागि तयारी गर्ने आम सहभागी वा विद्यार्थीहरुको समस्याको रुपमा सामान्य ज्ञान तथा वस्तुगत प्रश्नहरुको अध्ययन गरिन्छ । देशको संविधान, ऐन, कानुन, सम्बन्धीत संघ संस्थाको विधान तथा नियमावलीको अध्ययन त्यतिकै गर्नुपर्ने देखिन्छ । वर्तमान २१ औ शताब्दीमा विकास भएको विज्ञान तथा प्रविधीको कारण विश्व परिवेश भनौ वा संसार जगत निकै साँघुरो भएको छ । यही अवस्थाको अध्ययन गरी हामी सिकारु, सहभागी वा विद्यार्थीहरुले आफ्नो अध्ययन, पढाई, लेखाइ एवम् क्षमता र सीपमा क्रमिक रुपमा सुधार गर्न जरुरी छ । जसबाट क्रमश सुुधार भई आफूले चाहेको क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ । सामान्यतया यसले हामीलाई विश्व परिवेशमा प्रत्येक दिन भईरहेका ताजा ताजा घटनाहरु र अनुसन्धानलाई जानकारीमूलक दस्तावेजका रुपममा अपडेट गराई रहन्छ । त्यसको बारेमा सुक्ष्मदेखि व्यापक सम्म जानकारी राख्ने गर्दछ । कुनै पनि व्यक्तिले जन्मजात जान्ने भएर जन्मिएको हुदैन । उ खाली दिमाग लिएर आएको हुन्छ । उसलाई जान्ने बनाउने काममा तपाई हाम्रो जिम्मेवारी रहन्छ । सबैको बारेमा सुक्ष्मदेखि व्यापक सम्म जानकारी राख्नका लागि सहयोग पु¥याउँदछ । त्यसकारण हामीले आफूलाई योग्य, कौशल, क्षमतावान तथा अब्बल बनाउनका लागि घर, परिवार, समाज, समुदायमा राम्रोे वातावरणको सिर्जना गर्नुपर्दछ ।आफू रहेको वातावरण कस्तो छ म कस्तो वातावरणमा रहँदै आएको छु । मेरो वृद्धि तथा विकास के कसरी भएको छ भन्ने कुरामा ध्यान दिनु पर्दछ । आफ्नो सीप विकास गर्ने कार्यमा धेरै तत्वहरु वा चरहरुले भूमिका खेलेका हुन्छन । त्यसकारण त्यस्ता तत्व वा चरहरुलाई आवश्यक तथा उचित ठाउँमा प्रयोग गरी आप्mनो अध्ययन—अध्यापन कार्यलाई सुधार गर्न आवश्यक छ ।
सामान्य ज्ञान होस वा अन्य सम्बन्धीत पाठ्यपुस्तक हुन ति सबै बाट प्रभावकारी शिक्षक सेवा, लोक सेवा, विश्वविद्यालय सेवा कुनै पनि सेवाको तयारी गर्दा ध्यानपूर्वक अध्ययन गर्नुपर्ने देखिन्छ । जसबाट निम्न कुरालाई विशेष ध्यानदिनु पर्दछ ः–
(क) प्रतिस्पर्धात्मक परीक्षाको तयारी सुरुगर्नु भन्दा पहिले नै आफूले कुन तहको परीक्षा दिने हो त्यसको लागि कस्ता कस्ता सन्दर्भ स्रोत सामाग्रीहरु आवश्यक पर्दछन् ति कुराहरुको जानकारी लिने ।
(ख) कुनैपनि सेवाआयोगको पाठ्यपुस्तक सबैले अध्ययन गर्न सक्दैन जसको वावजुत आफुहरु त्यसको भोकीलो हुने ।
(ग) सेवाआयोगको तयारी सुरु गर्नुपर्दा पाठ्यपुस्तकहरुलाई आधारित बनाई पढाईमा एकाग्रता ल्याउने बानीको विकास गर्ने ।
(घ) समय, तिथी, मिति र स्थानको अध्ययन गर्दा जटिल हुने भएता पनि अध्ययन गर्ने विषयवस्तुलाई मनपर्ने तरिकामा क्रमशः उल्लेख गरि राख्ने । कुनैपनि विशेष घटना तथा मितिलाई क्रमश, सधैजसो अध्ययन गर्ने ।
(ङ) आफूले तल्लो कक्षा तथा तहमा अध्ययन गरेका विषयवस्तुहरु लाई स्मरण गर्ने सहज ढंगबाट उत्पे्ररणात्मक तरिकामा जाँगरकासाथ अध्ययन गर्ने बानीको विकास गर्ने ।
(च) हरेक दिन पत्रपत्रिका, सञ्चारमाध्याम लगायत लेख, रचना साहित्य एवम् आलेख प्रत्येक दिन अध्ययन गर्ने ।
(छ) देश—विदेशमा प्रत्येक दिन घटने घटना तथा अनुसन्धानलाई नियमित जसो सञ्चार मिडीया मार्फत जानकारी लिने ।
(ज) राष्ट्रिय सम्मेलन, अन्तराष्ट्रिय सम्मेलन, राष्ट्रदेखि अन्तराष्ट्रिय राजनीतिक, प्रशासननिक, आर्थिक—सामाजिक,
खेलकुद—कला, साहित्यका विषयवस्तुहरुको जानकारी लिने ।
(झ) विभिन्न विद्धानका भनाई, लेख तथा सम्पादकीय को अध्ययन अनिवार्य गर्ने ।
(ञ) विहान ६ बजेदेखि राष्ट्रिय—अन्तराष्ट्रिय स्तरका समाचारहरु साँझको वि.वि.सी. समाचार ध्यान दिई सुन्ने टिपोट गर्ने ।
(ट) आफनो फूर्सदको समयलाई उपयोग गर्न सामाजिक सञ्जालका प्रयोग गर्दा विभिन्न पब्लिकेशन, ई—सँस्करणहरु, विश्वविख्यात व्यक्तिहरुको विचार, लेख, सिद्धान्त लगायत गुगल नेट, इन्टरनेटमा विशेष ध्यान पु¥याउने ।
(ठ) एकैपटक लगातार ४—५ घण्टा पढ्ने भन्दापनि छोटो समयमा मनोरञ्जन वातावरण सिर्जनागरी पढ्ने । थोरै पढ्ने आराम गरी पढ्नेवर्तमान युग विज्ञान तथा प्रविधीको युग हो । त्यसकारण आफूलाई पनि प्रविधी मैत्री बनाउनु आवश्यक छ । जसबाट थोरै समयमा धेरै ज्ञान तथा सीपको आर्जन गर्न सकिन्छ । आजको समयमा इन्टरनेटको सहयोगले हामी विश्वपरिवेशलाई एकै छिनमा नियाल्न, पहिचान गर्न सकिन्छ । इन्टरनेटको सहयोगले, गुगल, विकपिडीया, इकोनोमिष्ट, वि.वि.सी., सी. एन. एन., वल्डफल्याट बुक, वेवसाइट आदिबाट धेरै जिज्ञासाहरु मेटाउन सकिन्छ । प्रतियोगीतात्मक सामान्य ज्ञानको अध्ययनले परीक्षामैत्री बनाउँदछ । सुत्रशैली तयार गरी साथिहरुसंग छलफलगरी, बहसगरी कन्फिडेन्ट बढाएर उच्च स्मरण गर्न सकिन्छ ।
कुनै पनि अध्ययन गरेका कुराहरुलाई लेखेर, टिपेर राखी आफू अध्ययन गर्ने कोठामा नजर लाग्ने ठाउँमा मूख्यकुरा, बुँदा, तिथी तथा मितिलाई लेखी राख्ने । मानसिक रुपमा तयार भई सक्षमता, जागरुकता र जोसीलो हुने । स्वास्थ्यलाई ख्यालराखी अध्ययन गर्ने । पढाइलाई मनोरञ्जनपूर्ण बनाई परिवार संगको वातावरण बसाई, उठाई , सुनाई लगायतका विशेषखालको ध्यानदिनु आवश्यक देखिन्छ । उदाहरणको लागि नेपालको लोकसेवा आयोगले विश्व परिवेशको सामान्यज्ञान अध्ययन गर्ने कार्य निर्माण गरी सहभागीलाई विश्वपरिवेशमा ढाल्ने गर्दछ । तर कुनै पनि कर्मचारीले आफने कार्यालयमा के काम गर्ने, कस्तोकाम गर्ने, कुन तरिकाबाट काम गर्ने सेवाग्राहीलाई कसरी सन्तुष्टि प्रदान गर्ने भन्ने कुरालाई व्यावहारिक ज्ञानको कोर्ष तयार गर्नुपर्ने हो तर त्यस्तो
छैन ।

नेपालको कुनैपनि सेवाआयोगले व्यवहारिक काम कार्वाहीको विषयवस्तु तथा कोर्षको व्यवस्था नबनाएकोले विश्वपरिवेशको ज्ञान घोकेर सेवामा प्रवेश गर्ने व्यक्ति काममा गएपछि निकै अलमल पर्ने र कार्यालय सहयोगीबाट सम्पूर्ण अनुभवको सहयोग लिनुपर्ने लाचारपन रहेको वातावरण छ ।

नेपालको कुनैपनि सेवाआयोगले व्यवहारिक काम कार्वाहीको विषयवस्तु तथा कोर्षको व्यवस्था नबनाएकोले विश्वपरिवेशको ज्ञान घोकेर सेवामा प्रवेश गर्ने व्यक्ति काममा गएपछि निकै अलमल पर्ने र कार्यालय सहयोगीबाट सम्पूर्ण अनुभवको सहयोग लिनुपर्ने लाचारपन रहेको वातावरण छ । शिक्षक सेवाआयोगमा उद्देश्य, विषयवस्तु, शिक्षण विधी सामाग्री रणनीति एवम् मूल्याङकन सम्बन्धिको व्यवहारीक ज्ञान, विश्वविद्यालय सेवा आयोगमा प्रवेश गर्नेले विश्वविद्यालयको उद्देश्य, विषयवस्तु, रणनीति विधी, मूल्याङकन प्रक्रिया लगायतको ज्ञान अनुसारको विषयवस्तु हुनुपर्ने हो । तर त्यसो देखिदैन । सामान्य प्रशासनमा काम गर्ने तथा सेवा प्रदान गर्ने व्यक्तिको लागि साधारण देखि सेवा ग्राहिसंगको सम्बन्ध छिटो—छरितो काम, मिठो वोली, प्रविधीको प्रयोग गर्नसक्ने क्षमतावान, योग्य तालिम प्राप्त तथा अनुभवी व्यक्तिको छनोट गर्ने खालको कोष निर्माण गर्नुपर्नेमा त्यसो
छैन । सामान्य प्रशासनको लागि ध्यानदिनु पर्ने कुराहरु यस प्रकार रहेका छन् ः–
(क) कुनैपनि देशको भूगोल, धर्म, भाषा, पेशा, जाति तथा साँस्कृतिको ध्यान दिने ।
(ख) पद, सेवा, तह, श्रेणी लगायतको योग्यता, क्षमता अनुसारको पद निर्धारण गरी परिपूर्ति
गर्ने ।
(ग) विश्वपरिवेशमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान जनशक्तिको उत्पादन गर्ने ।
(घ) देशमा बसोबास गर्ने आम जात तथा भाषाअनुसारको वोली स्पष्टता तथा मलिनता र सौहाद्रपूर्ण वातावरणको तयार गर्ने ।
(ङ) कार्यालय समयमा उपस्थित हुने वातावरणको अनिवार्यता गर्ने ।
(च) विश्वको सामान्य ज्ञान भन्दापनि आफनो देशको सामान्य ज्ञानलाई महत्व प्रदान गर्ने ।
(छ) व्यक्तिको कौशलता, व्यक्तित्व, क्षमता, उपलब्धी, योग्यता, उमेर र स्तरलाई मध्यनजर गरी सामान्य प्रशासनलाई ध्यान दिने ।
आवश्यकता
वास्तवमा आवश्यकता विविधता भित्र रहेको छ । विविधता आफैमा आवश्यकता  हो । जसबाट कुनैपनि कुराको उद्देश्य पुरागर्न सकिन्छ । विविधता भनेको फरक—फरक पन हो । जसले फरक—फरक ठाउँ, परिवेश, समय, तिथी, मिति, स्थानान्तरण लगायत भूगोल जात, धर्म, साँस्कृतिकको फरक पन देखाउनु नै विविधता हो । यसले सहिष्णुताको आवश्यकतालाई ध्यान दिन्छ । त्यस्तो विविधतालाई आवश्यक वातावरण तयार गरी खाली दिमागमा जन्मिएको बालकलाई कुमालेको काँचो माटोलाई आकार दिएर माटोको उपयोगी भाँडा बनाएजस्तै बालबालिकाहरुलाई पनि सोही अनुृसारको आवश्यकतामूखि ,उत्सुक,जोसीलो—जाँगरीलो जेहेन्दार तथा इमान्दार बालक तयारी गरी एकाइसौ शताब्दीको मानव निर्माण गर्नु आजको आवश्यकता छ ।

सामान्य ज्ञान घोकाएर होइन कि आवश्यक वातावरण तयार गरेर मात्र सच्चा मानव तयार गर्नु आवश्यकता छ । घर परिवारको सामाजिक, आर्थिक अवस्था, आमा बाबाको पेशा, पौष्टीक तत्वको अभाव, अभिभावकको शिक्षा जस्ता कुराहरुबाट विविधता, व्यवस्थापन र सामान्य प्रशासनको आवश्यकता पूरा हुन्छ ।
कुनैपनि बालबालिकाको नब्बे प्रतिशत मस्तिष्कको विकास पाँच वर्ष हुन्छ । उनीहरुको शारीरिक, मानसिक, सामाजिक, भाषिक तथा क्रियात्मक विकास अथवा सर्वाङगीण विकास भएमात्र सेवा आयोगको विविधता त्यसको व्यवस्थापन, प्रशासन अनि आवश्यकता पूरा हुन्छ ।
फरक—फरक संघ, संस्था तथा सरकारी निकायको सेवा आयोग समान खालको नभई फरक—फरक खालको
छ । त्यसकारण विविधता त्यसमा  देखिन्छ । त्यसलाई समय सुहाँउदो बनाएर अगाडी बढ्ने र जनताले सहजतरिकाबाट सेवा प्राप्त गर्ने आधार सरकारले गराउनु पर्ने बाध्यात्मक परिस्थीति छ ।
नेपालको पूर्वमेची देखि पश्चिम महाकाली उत्तरको हिमालदेखि दक्षिणको तराईसम्मको भू—भागमा  रहेको हरेक नेपाली जनतामा चासो बढी छ । विदेशी भूमी भन्दा स्वदेशी  भूमिलाई आकर्षक बनाएर सक्षम खालको जनशक्ति उत्पादन गरी जनशक्तिको सीप, क्षमतालाई विश्व बजारमा विक्री गरी देशलाई सक्षम तथा सबल बनाउनु आजको आवश्यकता  हो ।

प्रकाशित मितिः बिहिबार, अशोज १८, २०७५     7:05:38 PM  |