गाउँपालिका महासङ्घ प्रदेश नं. ५ गठन



कोहलपुर/  गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ५ को अध्यक्षमा मधुकृष्ण पन्त चयन भएका छन् । सोमबार र मंगलबार दुई दिन चलेको अधिवेशनबाट पन्तको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्मा, सचिवमा बिष्णु गिरी र कोषाध्यक्षमा कुमारी बराल चयन भएको जानकी गाउपालिका उपप्रमुख भविसरा धितालले जानकारी दिइन् ।

प्रदेश नं. ५ का ७३ गाउँपालिकामध्ये अधिवेशनमा १५ वटा गाउँपालिका अनुपस्थित रहेको खजुरा गाउपालिका उपाध्यक्ष एकमाया बिकले बताइन् ।

अधिवेशनले पुर्व एमालेलाई अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसलाई सचिव र उपसचिव र पुर्व माओवादीलाई कोषाध्यक्ष रहने गरी २१ सदस्यीय गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं. ५ गठन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष मधुकृष्ण पन्तले स्थानीय तहले खर्चिलो र भड्किलो नभई मितव्ययी र पारदर्शी भएर काम गर्न जोड दिँदै स्थानीय तहको पहिलो वर्ष सिकाइको वर्ष भएको बताए ।

गाउँपालिका राष्ट्रिय महासङ्घका सल्लाहकार नारायण कोइरालाले स्थानीय सरकारले जथाभावी कर नबढाएको उल्लेख गर्दै सबैले परिवर्तनलाई आत्मसात् गर्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७५ असोज १६ गते मंगलबार