19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कुखुरा पालक किसानहरुद्वारा तदर्थ समिति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५  

बर्दिया/  कुखुरा पालक किसानहरुको हक हितका लागि बर्दियामा जिल्ला तर्दथ समिति गठन गरिएको छ ।

बाँसगढीको लक्ष्ममणामा भएको कुखुरा पालक किसानहरुको भेलाले कुखुरा पालक व्यवसायी किसान संघ बर्दिया दर्ता गर्ने गरी महेश कुमार शाहको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

जसको उपाध्यक्ष लाल बहादुर केसी, सचिव खड्क बहादुर केसी, कोषाअध्यक्षमा गिता गौतम रहेका छन् । त्यस्तै सदस्यमा सुवास थारु, खिमे बुढाक्षेत्री, पुष्पा देवकोटा, दिपक अधिकारी, कर्ण बहादुर पठाई, शिला बुढा, नेत्र बहादुर थापा रहेका छन् ।

भेलालले बिकास गौतमको संयोजकत्वमा ६ सदस्यिीय सल्लाहाकार उपसमिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा कृष्ण काफ्ले, बद्री पौडेल, राजु काफ्ले, गोपि अधिकारी, र कृष्ण मोहन थारु रहेका छन् ।

भेलामा भारत लगायत नेपालका अन्य जिल्लाबाट अबैध रुपमा भित्रने कुखुरा नियन्त्रण गर्ने विषयमा छलफल गरिएको थियो । भेलामा गठित तदर्थ समितिलाई विधिवत रुपमा दर्ता गरी अबैध रुपमा भित्रने कुखुराहरु नियन्त्रण, बिचौलीयाबाट कुखुरा पालक किसान र उपभोक्ताहरुलाई पर्ने मार र कुखुरा पालक किसानहरुको हक हितका विषयमा आवाज उठाउने तदर्थ समितिका अध्यक्ष महेश कुमार शाहले बताए । भेलामा बर्दिया जिल्ला भरीका करिब १ सय जना कुखुरा पालक किसानहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५     8:49:01 AM  |