21 June 2021  |   सोमवार, असार ७, २०७८

संकल्प जनसेवाको १२औं साधारण सभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिका—५ स्थित संकल्प जनसेवा बहुद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो १२औँ साधारण सभा सोमबार सम्पन्न गरेको छ । सभाको कोहलपुर नरपालिकाका प्रमुख लुट बहादुररावतले गरेका उद्घाटन थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख रावतले सहकारीका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताउँदै सहकारीले बहुउद्देश्य भएकोले विभिन्न विषयमा राम्रो काम गरेको बताए । साथै उनले देश विकासमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सहकारीलाई जनमुखी बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

संस्थाकी अध्यक्ष भारती खनालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कुल आ.व. २०७४÷०७५को १५ करोड ७८ लाख ८३ हजार ७४ बराबर आय व्यय समेत प्रस्तुत गरेकी थिइन् । साथै उनीले संस्थाको कुल आम्दानी ६९ लाख ४३ हजार २ सय, कुल निक्षेप २ करोड ५५ लाख ८७ हजार ७ सय र खुद नाफा ६ लाख ५ हजार २ सय रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको कार्यक्षेत्र कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा रहेको छ भने संस्थामा हाल १३ सय १८ जना शेयर सदस्य र ६ सय ७७ जना बाल सदस्य रहेका छन् ।

त्यस्तै संस्थाको १२औं साधारण सभाको अवसर पारी उत्कृष्ठ बचतकर्तामा सीता ज्ञवाली, उत्कृष्ट ऋण सदुपयोग कर्तामा खुसीरानी थारु, उत्कृष्ट बाल बचत कर्तामा आरती पौडेल, कर्मचारीमा कमला अधिकारी र संस्थापका प्रतिमा अधिकारीलाई सम्मान गरिएको थियो । संस्थाकी अध्यक्ष खनालले प्रस्तुत गरिएका प्रतिवेदनमा आ.व. २०७५÷०७६ मा शेयर पुँजी वृद्वि गर्ने, बचत निक्षेप वृद्वि गर्ने, वातावरण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने, २५ प्रतिशत सदस्यहरुलाई सहकारी शिक्षा तालिमहरु सञ्चालन गर्ने लगायतका नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

संस्थाकी अध्यक्ष भारती खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरकार्यपालिका सदस्य भिम नेपाली, जिल्ला सहकारी सञ्जाल बाँकेका प्रतिनिधि प्रकाश ज्ञवाली, संस्थाका शेयर सदस्य लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी सचिव मधु खड्काले गरेकी थिइन् ।-

प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५     8:36:47 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *