1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

मृतक सिताका श्रीमानलाई सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५  

कोहलपुर/  एन.आई.सी.एशिया लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय कोहलपुरले लघुवित्त कार्यक्रमअन्तर्गत समुहमा आवद्ध मृतक सिता विकको परिवारलाई किरीया खर्च वापत ८४ हजार रुपैयाँ सहयोग चेक मार्फत हस्तान्तरण गरेको छ ।

सोमबार एक कार्यक्रमका विच सो रकम मृतक विकका श्रीमान कोहलपुर–११ एनटिभी रोड बस्ने जुद्ध बहादुर विकलाई वडा नं.१२ का अध्यक्ष कृष्ण बहादुर खड्का र संस्थाका कोहलपुर शाखा प्रमुख दिलिप पुनले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

साथै मृतक विकले यसअघि लघुवित्त कार्यक्रममा आवद्ध भएर संस्थाबाट ऋण स्वरुप लिएको ३ लाख रुपैयाँ पनि मिनाह गरेको संस्थाका कोहलपुर शाखा प्रमुख पुनले जानकारी दिए ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले संस्थाले गरेको कार्र्यको प्रशंसा गर्दै मृतक विकका आफन्तको दुखेको घाउमा मलम लगाउने काम गरेको भन्दै संस्थालाई धन्यवाद दिए । साथै अध्यक्ष खड्काले मृतक विकका श्रीमानप्रति सहानुभूति समेत प्रकट गरेका थिए ।

चेक ग्रहण गर्दै मृतक विकका श्रीमान जुद्ध बहादुरले संस्थाले गरेको यो सहयोगले आफ्नो घर परिवारलाई थोरै भएपनि राहत मिलेको भन्दै खुसी व्यक्त गरे ।

यस्तै कार्यक्रममा बोल्दै चप्परगोडी बजार सुधार समितिका उपाध्यक्ष एम.डी.कडेलले बैंक तथा वित्तिय संस्थाहरुले ऋण दिने काम मात्र नभएर दुख परेको बेलामा सहयोग पनि गर्छन भन्ने सन्देश संस्थाले दिएको बताए । कार्यक्रममा सुवेदी समाज बाँकेका सचिव मोतीप्रसाद सुवेदी, लगायत लघुवित्त कार्यक्रम अन्तर्गत समुहमा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५     8:23:58 AM  |