जिप दुर्घटनामा एकको मृत्यु



प्यूठान/  प्यूठानमा सोमबार बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।

लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।

ठूलाबेँसीबाट बाग्दुला जाँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो ।

ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा अन्य मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असोज १६ गते मंगलबार