नेपालगन्ज/ बाँकेमा आवश्यक मात्रामा विद्युत आपुर्ती हुन नसक्दा सर्वसाधारण मारमा परेका छन् । २० देखि २२ मेगावाट विद्युुत बाँकेमा आवश्यक पर्ने भएपनि अहिले १५ मेगावाट मात्र विद्युत आपूर्ती हुने गरेको छ ।
५ देखि ८ मेगावाट विद्युत अपुग हुँदा दैनिक २ घण्टा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । बाँकेमा अहिले नेपालबाट ५ र भारतबाट १० मेगाबाट मात्र विद्युत आपुर्ती हुदै आएको छ ।
नेपालको सबैभन्दा ठूलो जल विद्युत केन्द्र कालिगण्डकी ‘ए’ १४४ मेगावटको विद्युत गृहमा मर्मत संभारको काम भइरहेकाले केहि विद्युत अपुग भएर दैनिक ८ घण्टा विद्युत पु¥याउन नसकिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।
वितरण केन्द्रका प्रमुख रामदुलाल यादवका अनुसार अहिलेकोे समस्या केही दिनमा पूर्ण रुपमा हल भइसक्ने छ । कालिगण्डी ‘ए’ जलविद्युत केन्द्रको मर्मत कार्य भएकाले केहि विद्युत अपुग भएको प्रमुख यादवले बताए ।
त्यसैले साँझ र विहानको समयमा लोड मिलाउनका लागि पालो अनुसार लाइन दिने गरिएको भन्दै एक ठाउँमा बढीमा दुई घण्टासम्म लाइन काटिएको र यो समस्या १२ गतेसम्म मात्र हुने उनले बताए । पीकआवर (साँझ र विहान) जस्तो अन्य समयमा लाइन नकाटिएको प्रमुख यादवको भनाइ छ ।