1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

मुल्य वृद्धिको विरोधमा कोहलपुरमा प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०७५  

कोहलपुर/  मुल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले आज कोहलपुरमा विरोध प्रदर्शन गरेको छ ।

चाडपर्व नजिकिदै गर्दा सरकारले ढाड सेक्ने गरी गरेको पेट्रोल, डिजेल लगायत अत्यावश्य खाद्यवस्तुहरुको मुल्य वृद्धि गरेको भन्दै नेविसंघ सम्वद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले विभिन्न नारावाजी गर्दै प्रधानमन्त्रीको राजिनामा समेत माग गरेका थिए ।

बोश्वरी बहुमुखी पब्लिक क्याम्पसको गेट अगाडि प्रदर्शन गर्दै केही समय कोहलपुर– नेपालगन्ज सडकखण्डमा चल्ने यातायातका साधानहरु समेत अवरुद्ध गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०७५     8:38:50 AM  |