18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

बबई स्वाबलम्वनको अध्यक्षमा डाँगी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०७५  

बर्दिया/  बर्दियाको मधुवन नगरपालिका—८ स्थित बबई स्वाबलम्वन बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा भुवनेश्वर डाँगी चयन भएका छन् । संस्थाको १८ औ साधारण सभाले डाँगीको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

डाँगीले ३१४ मत प्राप्त गर्दै उनका प्रतिस्पर्धी पावती ढुङ्गानालाई १३७ मतको फाराकीलो अन्तरले पराजित गरेका हुन् । उनका प्रतिस्प्रर्धी ढुङ्गानाले १७७ मत मात्र प्राप्त गरिन् ।

संस्थाको उपाध्यक्षमा प्रेम लाल पुरी, सचिवमा चन्द्र बहादुर खड्का, कोषध्यक्षमा कुल बहादुर वली चयन भएका छन् । यस्तै सदस्यहरुमा विष्णा वली, जय प्रसाद बस्नेत, भिम प्रसाद दलार्मी, ईन्द्र प्रसाद शर्मा लगायत रहेका छन् ।

निर्वाचन समितिका संयोजक हरी बहादुर बस्नेतका अुनसार जम्मा ७३१ मतादाताहरु मध्ये ५०२ जनाले मात्र मतदान गरेका थिए । जसमा ११ वटा मत बदर भएको उनले बताए ।

सभाको उद्घाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश नं. ५ का सांसद कुल प्रसाद पोख्रेलले सहकारी संस्थाहरुले विपन्न वर्गमा कर्जा लगानी गरी आर्थिक बृद्धिमा टेवा पु¥याउने बताए ।

सो कार्यक्रममा जिल्ला सहकारी संघका सचिव लक्ष्मी प्रसाद शर्मा, मधुवन नगरपालिकाका ८ का अध्यक्ष विजय कुमार राणा, लेखा समितिका संयोजक रेणुका थापा विरकट्टा, व्यवस्थापक गंगाराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०७५     8:25:00 AM  |