23 June 2021  |   बुधबार, असार ९, २०७८

गौतम विजुली भण्डार सञ्चालनमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०७५  

कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिका—१४ हवलदापुर सोमबारदेखि गौतम बिजुली भण्डार सञ्चालनमा आएको छ ।

बिजुली भण्डारको समाजसेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति थापाले स्थानीयवासीको मागलाई मध्यनजर गर्दै पसल सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे ।

विजुली भण्डारका सञ्चालकद्वय अमन गौतम र अनन्तराज गौतमले विजुली सम्बन्धी सबै प्रकारका कामहरु सुपथमा गरिने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको बताए ।

हाउसवारिङ लगायतका विद्युतसम्बन्धी कामहरु गर्ने संचालकको भनाइ छ । पसल उद्घाटन कार्यक्रममा समाजसेवी राजनितिक दल, सर्वसाधरण लगायतको सहभागिता रहेकको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज ९, २०७५     7:37:52 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *