कोहलपुर/ वस्तीस्तरका योजना छनौट र लैगिंक समानताबारे सडक नाटकमार्फत सर्व सधारणलाई जनचेतना प्रदान गरिएको छ । इक्वेल एक्सेस ईन्टर नेशनल र यु.एन वुमनको सहयोमा समाजसेवा संस्था नेपालका कलाकारहरुले विभिन्न स्थानहरुमा जनचेतनामुलक सडक नाटक प्रर्दशन गरेका छन् ।
खास गरी नगरपालिका र गाउँपालिका स्तरमा छनौट हुने ७ चरणबारे जानकारी दिने र लैगिंक विभेदबारे समानता कायम गर्ने उद्देश्यले सडक नाटक प्रर्दशन गरिएको समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले जानकारी दिए ।
कोहलपुर नगरपालिका–१ कामुक्ति प्रसाद न्यौपानेले सडक नाटकले योजना छनौट गर्दा महिलाहरुलाई समेत सहभागिता बनाउनु पर्ने सन्देश आफुलाई निकै सान्र्दभिक लागेको बताए । साथै उनले पछिल्लो समयमा बदलिदो परिवेशसँगै महिलाहरुको विचारलाई सम्मानित गरेकोमा नाटकको विषयवस्तु निकै राम्रो लागेको बताए । त्यस्तै स्थानीय लक्ष्मी आचार्यले हिजोका दिन योजना छनौट गर्दा महिलाहरुका मागलाई ध्यानमा नराखे पनि अब महिलालाई पनि कुनै विभेद नगरी उनीहरुका मागहरु राख्नुपर्ने नाटकले सन्देश दिएको बताइन् ।
महिला प्रहरी समुन्द्रा सुनारले सडक नाटकले लैगिंक हिंसा अन्त्य गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन । ‘सडक नाटकले महिलाहरु हिंसामा परेपछि कसरी प्रतिकार गर्नुपर्छ भन्ने सन्देश समेत दिएको छ’ उनले भनिन् । त्यस्तै स्थानीय बुद्धिजीवी कृष्ण घिमेरेले सडक नाटकले स्थानीय स्तरका योजना छनौट प्रक्रियामा सबै वर्गका मागहरुलाई सम्बोधन गर्ने गरी लैजानु पर्ने र महिला पुरुषबिच सन्देश दिएको बताए ।
समाज सेवा संस्था नेपालका कलाकारहरु विनोद थापा, शर्मिला घर्ति, रमेश जि.एम, कल्पनाचन्द, बालकुमारी विक, पुस्तिका शर्मा, नारायण शर्मा लगायतले नाटकमा अभिनय गरेका थिए । सडक नाटकमार्फत लैगिंक समानता र महिला हिंसा समानतबारे सन्देश प्रवाह गरिएको हो । सोही अन्तर्गत “सम्मान” नामक सडक नाटक प्रस्तुत गरेका थिए। सडक नाटक कोहलपुर नगरपालिकाको वडा नं १ ,८ ,१०, १२, १३ र १४ मा समेत प्रर्दशन गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्