मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ७, २०७५
बाँके/ बैजनाथ गाउँपालिका–४ बानियाभार पानीट्यांकी स्थित कृषि हाट बजार स्थल शनिबारदेखि सञ्चालनमा आएको छ ।
हाट बजारको बैजनाथ गाउँपालिकाका वडा नं.४ अध्यक्ष कालीबहादुर सिंहले एक कार्यक्रमका बीच हाट बजारको उद्घाटन गरेका हुन् ।
स्थानीय स्तरमा उत्पादन गरिएका कृषि जन्य उत्पादनहरुको खरिद विक्रि गर्ने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याइएको हाट व्यवस्थापन समितिका अध्यक्ष सर्वे बुढाले बताए ।
वि.सं. २०५५ सालबाट सुरु गरिएको सो हाट बजार विविध कारणले बन्द भएको थियो । नजिकिदैै गरेका चाडवर्पहरुलाई मध्यनजर गर्दै स्थानीय युवाहरु प्रकाश शाह, गोपाल बहादुर थापा, मोहन चन्द लगायतको सक्रियतामा हाट बजार पुनः संचालन गर्न लागिएको समितिले जनाएको छ ।
हाटबजार अबदेखि हरेक हप्ताको शनिबार लगाइने भएको छ ।