नेपालगन्ज/ नेपालगन्जमा शनिबार आयोजित नेपालगन्ज चित्रकार प्रतियोगितामा स्प्रिङडेल एकेडेमी नेपालगन्जका खेमराज थापा उत्कृष्ट चित्रकार बनेका छन् । क्रियटिभ स्टुडेन्टस् क्लव, वेस्ट जोन इङ्गलिस मिडियम हाई स्कुल नेपालगन्जको आयोजनामा भएको प्रतियोगितामा ४६ जनालाई पछाडि पार्दै स्प्रिङडेलका थापा उत्कृष्ट चित्रकार भएका हुन् ।
नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा आदर्श मावि राँझाकी कौशिल्या शाहु द्वितीय, जय बागेश्वरी माविकी श्वेता पटेल तृतीय, वेस्ट जोनका प्रतीक ज्ञवाली चौथो र जय बागेश्वरी माविकी स्वस्तिका पन्त पाँचौ भएका छन् ।
प्रतियोगिताको निर्णायकमा वरिष्ठ चित्रकार श्यामानन्द सिंह र विष्णु कुमाल रहेका थिए । प्रतियोगितामा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगतामा प्रथम हुनेलाई रु ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र चौथो तथा पाँचौ हुनेलाई सान्त्वना ५ र ५ सय रुपैया नगद पुरस्कार प्रदान गरिएको क्लवका अध्यक्ष बसन्त बस्नेतले बताए ।