25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँकेका च्याउ उत्पादक कृषक सुनारलाई सार्क अवार्ड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५  

नेपालगन्ज/  बाँकेका च्याउ उत्पादक कृषक लाल बहादुर सुनारलाई सार्क अर्वाडद्धारा सम्मानित गरीएको छ । यसअघि उत्कृष्ठ राष्ट्रिय कृषक पुरस्कार प्राप्त गर्न सफल खजुरा गाउपालिका २ केगाउँका कृषक सुनारलाई विहिबार काठमाडौमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सार्क अवार्डद्धारा सम्मानित गरेको हो ।

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताएका छन् । काठमाडौँमा विहिबार देखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न कृषि प्रसार रणनीति तथा अवधारणा’ विषयको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले उत्पादन दोब्बर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ‘पकेट’, ‘ब्लक’, ‘जोन’ र ‘सुपरजोन’ परियोजना लागू भएको जानकारी दिए ।

उनले झण्डै दुई तिहाइ जनसङ्ख्या कृषि पेशामा आबद्ध भए पनि नेपाल कृषिमा आत्मनिर्भर हुन नसकेकामा चिन्ता व्यक्त गर्दै आगामी पाँच वर्षमा हाल भइरहेको उत्पादनलाई दोब्बर वृद्धि गर्नुपर्ने हुँदा सम्मेलनबाट प्राप्त रचनात्मक सुझावलाई सङ्कलन गरी कार्यान्वयनमा लैजानु आवश्यक रहेकामा जोड दिएका थिए ।

बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन भएको झण्डै तीन हप्तापछि दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिका विभिन्न क्षेत्रमा आबद्ध ३०० विज्ञ सम्मेलनमा सहभागी भएका छन् ।

कृषि सुचना तथा प्रशिक्षण केन्द्र र नेपाल कृषि प्रसार समितिको सयुक्त आयोजना तथा इन्टरनेशनल सोसाइटी अफ एक्सटेन्सन एजुकेशन, भारतको सहकार्य एवं कृषि तथा बन विज्ञान विश्वविद्यालय, खाद्य तथा कृषि संगठन, युएसएआइडि किसान २ परियोजना र नेशनल इन्स्टीच्युट अफ एग्रिकल्चर एक्सटेन्सन म्यानेजमेन्ट भारतको सहयोगमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपि शर्मा वलिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

देशभरबाट दुईजना कृषकलाई सार्क अवार्ड्रद्धारा सम्मान गरिएको सम्मेलनमा सुनार सगै कन्चनपुरका महिला उद्यमि कलावती भट्टले पनि सार्क अवार्डबाट सम्मानित भएकि छन । सम्मेलनमा सार्क राष्ट्रका प्रत्यक देशका दुई जना उदाहरणिय व्यक्तीत्वहरुलाई अर्वाड प्रदान गरीएको थियो ।

सम्मेलन यही असोज ७ गतेसम्म चल्नेछ । सम्मेलनमा ८५ कार्यपत्र पेश हुनेछन् । कृषिमन्त्री चक्रपाणि खनालले सम्मेलनमा कृषि प्रसार सेवाका लािग नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायु अनुकूलन, साना किसानका लागि कृषि प्रसार विधि तथा कृषि व्यवसायीकरण र कृषि उद्यम विकासका लािग कृषि प्रसार रणनीतिसम्बन्धी छलफल हुने जानकारी दिएका थिए ।

प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५     7:39:22 AM  |