समाज सेवाले ग¥यो सरसफाई



कोहलपुर/  बाँकेको कोहलपुर नगपालिका—१४ हवलदापुर स्थित समाजसेवा संस्था नेपालले बिहीबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले हवलदारपुर स्थित श्री राम माध्यामिक विद्यालय तथा हवलदापुर बजार परिसरमा सरसफाई गरिएको समाजसेवा संस्थका अध्यक्ष विनोद थापाले जानकारी दिए ।

सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बल राजश्व चुहावट नियन्त्रण गुल्मका टोली स्थानीयबासी विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल राजश्व चुहावट नियन्त्रण गुल्मका डि.एस.पी बिश्वबन्धु पौडेल श्री राम माध्यामिक विद्यालय सह प्रधानाध्यापक जितेन्द्र प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असोज ५ गते शुक्रबार