कोहलपुर
कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको नयाँ कार्यसमिति चयन गरिएको छ ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडिस्थित होटल वेष्टर्न रिभर साईडमा आइतबार सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट हरिभक्त अधिकारीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा सगिन शर्मा, सचिवमा बलबहादुर खड्का, सह सचिवमा माया गौतम, कोषाध्यक्षमा बिनोद पौडेल चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा सुरेन्द्र बहादुर थापा, कृष्णा कुमारि चालिसे, टक लामिछाने, निर्मला सुनार, दिपक राई, डा.देबेन्द्र आचार्य र बद्री ढकाल रहनु भएको छ ।
प्रकाशित मिति : २०७५ भदौ ३१ गते आइतबार









प्रतिक्रिया दिनुहोस्