23 April 2024  |   मङ्लबार, बैशाख ११, २०८१

कोहलपुरमा विरोध ¥यालि प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ३०, २०७५  

डिल्ली शाही/ कोहलपुर,  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार कोहलपुरमा विरोध ¥यालि प्रदर्शन भएको छ । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले सो प्रदर्शन गरेका हुन् । 

‘निर्मलाका निम्ति न्याय’ का लागि  Justice For Nirmala, Rage Against Rape अभियानमा सहयोग र्पुयाउन स्वतःस्फुर्त रूपमा यो कार्यक्रम आयोजना गरिएको हो ।  दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिन यो प्रदर्शनी भइरहेको हो । गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो ।

निमर्ला पन्तको घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन । कोहलपुरका विभिन्न संघ संस्थाका अग्रज व्यक्तित्वहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, भदौ ३०, २०७५     12:03:18 PM  |