‘एक पटक जानैपर्ने डल्ला होमस्टे’



सुर्य ढकाल
पुर्व नेकपा एमाले क्षेत्र न १ बाँके क्षेत्रिय कमिटीका सदस्य कृष्ण भुषालका पिता स्व. यामलाल भुषालप्रति श्रद्धाञ्जली व्यक्त गर्ने र शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेर र्फकने बेलामा कोहलपुर नगरपालिका वडा नं. १५ का नेता ओम प्रकाश चौधरीले चण्डुवा गाउँमा रक्सी, मासु, माछा, चुरोट, विडि, खैनी निषेधित आधुनिक होमस्टे सञ्चालन गर्ने आफनो इच्छा र योजना रहेको तर सामान्य ज्ञान नभर काम कहाँ कसरी सञ्चालन गर्ने दुविधामा रहेको व्यक्त गरेपछि एकाएक म सुर्य ढकाल, बलराम भटराई, खिल प्रसाद भुषाल, कुल बहादुर भट्टराई, तेज प्रसाद चपागाई, धर्म रोकाया, दिल बहादुर परियार, माधव रिजाल र ओम प्रकाश चौधरी लगायतको टोली बर्दियाको डल्ला होमस्टे अध्ययन गर्ने जाने योजना बन्यो ।

नेपाली जनताले परिवर्तनको चाहना सहित सघर्षको झण्डा बोकेको आज ६६ वर्ष बितिसकेको छ । परिर्वतन, सुशासन, दिगो विकास र सम्वृद्धिको लागि नेपाली जनताले तिनै तहमा कम्युनिष्ट विचारलाई अत्याधिक मतका साथ सरकार सञ्चालन गर्ने अवसर दिएका छन् । प्राविधिक र लेखापालले सहयोग गरेन भनेर रुने, आसु झार्ने र कुरा गर्ने होइन जिम्मेवारी पाएकाले काम गर्ने समय हो । परिस्थतिमा परिर्वतन आउँदा पनि सोचमा परिर्वतन आउँन सकेको छैन ।

हिजोका विज्ञबाट देश बन्ने भए देश पहिलै नै बनिसक्थ्यो । सबै हिसाबले पछाडि परेको र पारिएको देश नेपाल, जनसख्या र प्राकृति श्रोत साधन बढी भएको देश पनि हो । सोच चिन्तन सबै क्षेत्रमा सम्वृद्धि ल्याउने हो भने पहिलो सर्त पर्यटन क्षेत्रको विकासमा जोड दिन सक्नु पर्दछ ।  चेतनामा विकास नघुसेसम्म विकासको गतिलाई अगाडि बढाउन सकिदैन । सामुहिक एवं सामाजिक भावना विकास गर्न सबैको सह अस्तित्व एवं सहकार्यको शिक्षा दिन पनि पर्यटन क्षेत्रको विकास अनिवार्य छ ।

पर्यटन उद्योग विश्वको सबैभन्दा ठुलो उधोगको रुपमा स्थापित हुने अवस्थामा छ । हाम्रो देशमा पर्यटनको जुन हिसाबले विकास गर्न सक्नु पर्ने थियो त्यो हिसाबले हुन सकेको छैन । आन्तरिक पर्यटन विकासमा लागेकाहरुलाई पनि राज्यले उचित सहयोग गर्ने सकेको अवस्था छैन । हाम्रा तमाम समस्याहरु मध् बेरोजगारी समस्या नेपालको प्रमुख समस्या हो । आज नौ जवान युवाहरु कामको खोजीमा प्रत्येक दिन १५०० भन्दा बढी विदेशिन वाध्य छन् । रोजगारीका अवसर मध्ये पर्यटन विकास पनि एक महत्वपुर्ण क्षेत्र हो ।

पर्यटनका मुख्य क्षेत्रहरु ताल, नदि, हिउ, वरफ, पहाड, गुफा, गल्छी लोकसाहित्य, हस्तकला, भेषभुषा, चाडपर्व, वन जङ्गल, चिडियाखाना, सफरी पार्क, म्युजिय, स्मारक, धार्मीक स्थल, खेलकुदका विभिन्न विधाहरु जस्ता विषयहरु हुन् । पर्यटन विकासको लागि वरफ गल्छी र हिउ सबैै हाम्रो क्षेत्रमा सम्भावना छ । यसको क्षेत्र असिमित छ । भौगौलिक क्षेत्र, प्राकृतिक क्षेत्र आर्थिक क्षेत्र, सामाजिक क्षेत्र सास्कृतिक क्षेत्र औधोगिक क्षेत्र, आजको अवस्थाबाट हेर्दा यसले मानव र ऊसँग सम्वन्धित जीवन र जगतकै सम्पुर्ण विषय वस्तुहरु आफनो क्षेत्र भित्र पारिसकेको छ ।

मानव संसारको सर्वश्रेठ प्राणी हो । उसको वौधिक क्षमता अन्य प्राणीहरुको भन्दा धेरै माथि छ । मानवले आज वैज्ञानिक र प्राविधिक क्षेत्रमा ठुलो प्रगति गरेको छ । आजको मानव जिवन अत्यन्तै व्यस्त भएको कारण उ पाएको छोटो फुर्सदको समयलाई कुनै रचनात्मक क्रियाकलापमा सदुपयोग गर्न चहान्छ । त्यसको पहिलो रोजाई भनेको पर्यटन क्षेत्र हुनसक्छ । पर्यटनको विकास मानवको आर्थिक सामाजिक, राजनैतिक शैक्षिक साकृतिक लगायत चौतर्फि उन्नतिको लागि भएको पाइन्छ । पर्यटनले कुनै पनि मुलुकको जनताहरुको जिवनस्तर सुधार ल्याउन मदत गर्दछ ।

मानिसको आर्थिक समवृद्धिको लागी पर्यटनले सकरात्मक परिणम दिन सक्छ ।प्रत्येक वडामा एक होमस्टे निमार्ण गर्ने अभियान संचालन गर्ने र होमस्टे निमाण गर्ने क्षेत्रमा यातायात विधुत संचार र खाने पानीको पुर्वआधारमा स्थानिय तह बाट अनिर्वाय बजेटको व्यवस्था गर्ने नियम मिलाउने हो भने गा्रमीण क्षेत्रमा होमस्टेको निमार्णमा प्रतिस्प्रधा हुने छ । क्रमस एक वडा एक होमस्टे निमार्ण गर्ने हो भने जुन सुकै वडामा जादा पनि खान बस्नको समस्या नहुने अवस्था बनाउन सके आन्तरिक पर्यटनको वृद्धि आउुने छ । आन्तरिक पर्यटनको बृद्धि हुदा गा्रमिण तहमा उत्पादनमा वृद्धि आउने छ ।

उत्पादनमा वृद्धि आउदा स्वरोजगारीमा समेत वृद्धि हुने छ । गा्रमिण तहका बाझा जमिनहरु उत्पादनमा रुपान्तरण हुने छ । जुन कुरा डल्ला होमस्टेमा देख्न पाइन्छ । पर्यटनको विकासले सामाजिक सम्वन्धको विकास गरी आत्मर्निभरता बढाउँछ । विज्ञान प्रविधि र सूचनाका कारण विश्व कहाँ पुग्यो हामी अझै पनि कर्णली वारि र पारि, पुुर्व र पश्चिम, डाँडा वारि र पारिका कुरामा रुपमा लिएका छौँ ।डल्ला होमस्टेमा जाने पाहुनालाई गरेको स्वागत साँझको सस्कृतिक कार्यक्रमबाट बुढा, युवा र बालक सबेको उन्नत चेतनाको प्रशंसा नगरि बस्न मनले मान्दैन ।

त्यहाँको चेतना यो चेतना स्तरबाट मानव जीवनलाई अगाडि बढाउन पनि पर्यटनको विकास अनिवार्य छ । पर्यटनबाट सामाजिक सम्वन्धको गाठो कसिलो हुन गई विश्वमा मानव शान्ति र समझ्दारीको भावना जागृत गर्न सकिन्छ । विश्वमा प्रायः सबै मुलुकहरु पर्यटनको विकास गरेर आफना जनताको जीवन स्तरमा सुधार ल्याउन प्रयत्न गरिरहेका छन् । उनीहरु यस क्षेत्रमा प्रथामिकता आधारमा लगानी गररिहेका छन् । यस बाट विदेशी मुन्दा प्राप्त हुने त छदैँछ ।

यसबाट घरेलु तथा ठुला उधोगहरु संरक्षण हुन सक्छ । त्यसमा पनि देशभित्र विद्यमान बेरोजगारीमा कमि ल्याउन सकिन्छ । पर्यटनको विकासमा लगानी गर्नु भनेको पानी विद्युत, यातायात, सञ्चार जस्ता सेवाहरुको बिस्तार गर्नु पनि हो । एक वडा एक खेल मैदान, एक गाउँपालिका वा नगरपालिक एक आधुनिक पार्क, एक क्षेत्र एक चिडियाखान, एक गाउँपालिका एक पिक्नीक स्पोट निमार्ण गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याएर आम्दानी वृद्धि गर्न सकिन्छ ।

जुन ठाउँमा वा स्थानमा पर्यटनको विकास हुन्छ त्यस ठाउँमा शान्ति, समवृद्धि सदभाव र एकता छ भन्ने सन्देश प्रवाह गर्न सकिदो रहेछ भन्ने सन्देश डल्ला होमस्टेबाट थाहा पाउन सकिन्छ । नेपाल प्राकृतिक सुन्दरता भौगोलिक विविधता र सास्कृतिक एवं कलात्मक विशिष्ठताका कारण पर्यटनको विस्तारका असिमिति सम्भावनाहरु रहेका छन् । कृषि र वन सेवा उद्योगलाई पर्यटन विकासको अभिन्न अङ्गको रुपमा विकास गरी रोजगारी श्रृजना गर्न तथा जनताको आय आर्जनमा अभिवृद्धि गर्न योजना बनाउन सक्नु पदर्छ ।

आज विश्वमा पर्यटनमा दिन दुईगुणा रात चौगुणाको रुपमा गतिविधिहरु वृद्धि भईरहेका छन् । पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको मुल आधार स्वीकार गरेर कैयौँ मुलुकहरुले पर्यटन सम्वन्धी राष्ट्रिय नीतिको .तर्जुमा समेत गरेका र पर्यटन विकासमा लागि आवश्यक पुर्वाधार खडा गर्न अहोरात्र लागिरहेका छन् । पर्यटन विकास देशको सामाजिक आर्थिक प्रगतिको लागि अपरिहार्य छ । आफु बसोवास गरेको ठाउँ र जनताको जीवनस्तर माथि उठाउने हो भने पर्यटन क्षेत्रको विकासलाई पहिलो प्रथामिकतामा राख्न जरुरी छ ।

नेपाल दुई विशाल मुलुकहरु चीन र भारतको बीचमा पर्ने दक्षिण एशियाको सुन्दर शान्ता मुलुक हो । नेपालको क्षेत्रफल १,४७,१८१ मिटर रहेको छ । नेपाल प्राचिन काल देखिनै धार्मिक सांस्कृति अन्य दृष्टिकोणले सबैको आर्कषक थलोको रुपमा रहेको छ । विश्वका विभिन्न मुलुकहरुले पर्यटनको विकासको निश्चित नीति र योजना तर्जूमा गरेको देखिन्छ ।

पर्यटनको विकास गरी गरिबी अभाव र वेरोजगारी समस्यालाई समाधन गर्न सकिने अवस्था रहँदा रहँदै पनि ठोस नीति र योजनाको अभावमा हामी यस क्षेत्रको विकास गर्न सकेका छैनौँ । नेपाल समाज परम्परागत रुपले धार्मिक मनोवृतिको भएको कारण हाम्रा दैनिक संस्कृति, विविध चाडपर्व पारिवारिक उत्सव र धार्मिक सभा समारोह आदि सबैमा धर्मको स्पस्ट भावना अभिव्यक्त भएको पाइन्छ ।

नेपालको पत्येक पाईलामा एउटा पर्यटकले मन्दिर, गुम्वाहरु, धार्मिक सभा, जुलुस र धार्मिक भाव अभिव्यक्त गर्न संगिताका स्वर लहरीहरु देख्न सुन्न पाउँछ । नेपाल विश्वको एक मात्र हिन्दु राष्ट्र हो ता पनि यहाँ हिन्दु र बौद्ध एक सिक्काका दुई पाटाको रुपमा रहेका छन् भने अन्य धर्म पालन गर्नहरु बीच पनि सहिष्णुता र आत्मियाताको भाव अन्तरनिहीत रहेको देखिन्छ । जेरुसेलम पुग्ने क्रिष्चियनहरु, मक्कामदिना पुग्नेहरु मुस्लिमहरु, लुम्विनी पुग्नेहरु बुद्धिष्टहरु र पशुुपति पुग्नेहरु हिन्दुहरु सबैलाई विभिन्न हिसाबले ल्याउन सकिन्छ ।

आज दुनियाभर शिक्षित मध्यम वर्गीय व्यत्तिहरुको संख्यामा वृद्धि भईरहेकोछ । यो वर्ग अध्यनन र अवलोकन गर्न काममा सदा लागिरहन चहान्छ । आन्तरिक पर्यटनबाट मुलुकका निवासीहरु बीचमा राम्रो समझदारी स्थापना हुन सक्छ । विभिन्न धर्म, संस्कृति, भाषा, भेषभुषा अवलम्वन गर्न विभिन्न क्षेत्रका मानिसहरु बीच हुने प्रत्यक्ष भेटघाट र सम्र्पकले सामाजिक सांस्कृतिक सामञ्जस्यता काय हुन्छ । वर्षाको समयमा पनि डल्ला होमस्टेमा रहेका अधिकांस होमस्टेहरुमा आन्तरिक पाहुनाहरुले भरिएका थिए । सञ्चालकहरु हामीलाई भन्दै हुनुहुन्थ्यो सिजनमा एक हप्ता अगाडिनै बुक गर्नुपर्छ ।

नेपाल आन्तरिक पर्यटनको महत्वपुर्ण हिस्साको रुपमा रहेको छ । ग्रामीण पर्यटन नेपाल गाउँ नै गाउँले भरिएको मुलुक हो । यहाँका सवै गाउहरु आफैमा स्र्वग छन । हरेक गाउमा मठ मन्दीर गुम्वा छन । आज आन्तरिक पर्यटनले विश्वव्यापी रुपमा लोकप्रियता कमाईसकेको छ । देश बाहिर जान नसक्नेहरुको लागि आन्तरिक पर्यटन महत्वपुर्ण रोजाई हुन सक्छ । नेपालमा आन्तरिक पर्यटनको थप विकासको संभावना प्रवल देखिन्छ ।

किन भने आन्तरिक पर्यटनका लागि ठुलो श्रोत र साधनको जरुरत पर्दैन, ठुला अन्तर्राष्ट्रिय स्तरका होटेल जरुरत पर्दैन । सामन्यता सञ्चार, विजुली र पानीको व्यवस्था भए पनि पुग्छ । नेपालमा रहेका प्राकृति, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रहरुमा नै यहाँ आन्तरिक पर्यटनका विकासका कारक तत्व हुन् । आर्थिक हिसावले देशलाई आत्मनिर्भर नबनाएसम्म स्वाधिन नेपाल निमार्ण गर्न सकिदैन ।

नेपाललाई स्वतन्त्र राष्ट्रको हैसियतले आफ्नो संविधान बनाउने त्यस सविधानमा कस्तो राजनीतिक व्यवस्था स्थापित गर्ने र राज्यको ढाँचा कस्ता बनाउने जस्ता कुराहरु आफूखुसी निर्णय गर्ने अधिकार नेपालसँग छ । सविधान बनाउने सन्र्दभमा नेपालले जनताका प्रतिनिधिले जनताको सविधान बनाउन आफ्नो अधिकार प्रयोग गरेका, छोटो समयमै तिनै तहको निर्वाचन सम्पन्न गरेको र सविधानको विपक्षमा उभिएकाहरु सविधानको मुल धारमा उभिएको पनि धेरैलाई मन परेको छैन ।

नेपालको राजनीति स्थिर भयो भने अरुले तीस वर्षमा गरेको प्रगति नेपालले पाँचै वर्षमै गर्न सक्छ भन्ने विश्वास विदेशिहरुलाई छ त्यो साँचो पनि हो । नेपालको छिमेकी देश चिनले गरेको आर्थिक विकास र अन्तर्राष्ट्रिय प्रभावप्र्रति युरोप सर्तक छ । चीनलाई अनुगमन गर्न युरोपलाई कमजोर नेपाल चाहिन्छ । कमजोर नेपाल यसको राष्ट्रिय एकता भत्काएर निमार्ण गर्न सकिन्छ लागि परेका छन् । यी सबै प्रत्यक्ष अप्रत्यक्ष सड्यन्त्रलाई सजिलै असफल पार्ने एउटा अस्त्र गामिण तहमा पर्यटन क्षेत्रको विकास न हो ।

पर्यटनको विकास गर्न धेरै धन विज्ञ प्राविधिक सुरुमा आवश्यक पर्दैन मात्र इच्छा शत्ति भए पुग्छ । राजमार्गदेखि १८, ठाकुरद्वारा देखि ५, कोठियाघाट देखि ६ किमी भित्र रहेको बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. १ साविक सुर्य पटुवा गाविसमा आज भन्दा आठ वर्ष आगाडि सुरु गरेको डल्ला होमस्टेमा २३ घर धुरिमा सचालित रहेको छ । आज २२ देशका पर्यटकहरु आई सकेका छन् । प्रशुराम चाधरीको अध्यक्षतामा जैविक मार्ग होमस्टे व्यवस्थापन समिति बनेको छ ।

संस्कृतिक, सरसफाई, माछापालन, स्थानीय उत्पादन लगायतका विभिन्न उपसमितिहरु क्रियाशिल रहेका छन् । सञ्चालकहरु आठ वर्षमा १ लाख भन्दा बढी पर्यटकहरु आईसकेका छन् भने १५÷१६ करोडको कारोवार भईसकेको बताउँछन् । उद्यमी तथा स्वरोजगारीको लागि एक पटक जान पर्ने ठाउँ हो डल्ला होमस्टे बर्दिया ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १९ गते मंगलबार