19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सडकमा खाल्डाखुल्डी परेपछि गुलरिया वरपर आवागमन असहज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ १९, २०७५  

प्रेम विश्वकर्मा: गुलरिया/  बढि आउजाउ हुने सडकमा खाल्डाखुल्डी परेपछि बर्दियाको गुलरिया वरपर सहज आवागमन हुन सकेको छैन । गुलरिया नगरपालिका कार्यालयदेखि राधाकृष्ण चोक, बसपार्क, जिल्ला प्रहरी कार्यालय हुँदै भण्सार रोड, गुलरिया नेपालगन्ज बाइपास रोड (पशुवध शाला) वरपर, ठाउँ–ठाउँमा धेरै खाल्डा खुल्डी परेपछि आवागमन असहज बनेको हो ।

मुख्य बजार क्षेत्र मात्र नभई कतिपय भित्री सडकहरु समेत हिलाम्मे र जलाम्मे हुदाँ आउजाउमा निकै सास्ती ब्यवहोर्नु परेको सर्वसाधारणले गुनासो गरेका छन् । गुलरिया नगरपालिका अन्र्तगत पर्ने १२ वटा वडा मध्ये अधिकांश वडाको समस्या उस्तै छ । उता गुलरिया नगरपालिकाका उपप्रमुख सुशिला गिरीले भने यस विषयमा आफु जानकार रहेको भन्दै सम्बन्धित निकायलाई ताकेता गरिरहेको बताइन् ।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने सडकलाई नगरपालिकाले केही गर्न नमिल्ने भएकाले त्यतिकै रहेको उनको दाबी छ । नगर क्षेत्र भित्रका अन्य सडक मर्मत सम्भार गरी आवागमनलाई सहज बनाउन आफुहरु लागि परेको उपप्रमुख सुशिला गिरीको भनाई छ । सडक नबन्दासम्म सहज आवागमनका लागि नगरभित्रका खाल्डाखुल्डी पुरर्ने (मेन्टिनेन्स¬) गर्ने दायित्व नगरपालिकाको हो की होइन ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, दायित्व त हो तर हुलाकी राजमार्ग अन्र्तगत पर्ने भएकाले हामीले केही गर्न नसकेका हौं, यस विषयमा प्रमुख ज्यूले पनि पहल गरिरहनु भएको होला, मैले कुरा उठाएको थिए, सिडियो सावलाई पनि हामीले भनेका छौं, यो सडक सगँ सम्बन्धित सबै कार्यालयहरु नेपालगन्जमै छन्, सडक निर्माणको जिम्मा पाएका निकायहरुलाई चाँडै काम गर्न दवाव दिन्छौ ।”

हुलाकी राजमार्ग, सर्वसाधारणलाई सास्ती
हुलाकी राजमार्ग वरपरका सर्वसाधारणले हिउँद, गर्मीमा धुलो र वर्षामा हिलोका कारण नराम्ररी सास्ती व्यहोर्नु पर्ने अवस्था छ । बर्दियाको भूरीगाउँ, गुलरियादेखि मूर्तियासम्मको ३६ किलोमिटर दुई लेन पक्की सडक निर्माणको कार्यमा भएको ढिलाईले बढि समस्या व्यहोर्नु पर्ने अवस्था आएको हो ।

बाँके, बर्दिया र दाङ्ग जिल्ला हेदैँ आएको हुलाकी राजमार्ग आयोजना योजना कार्यालय नेपालगन्जका प्रमुख (सिडिइ) कृष्णनाथ ओझाले खाल्डाखुल्डी परेको बारे आफुलाई जानकारी नआएको भन्दै अब निर्माण व्यवासायिलाई आवागमन सहजताका लागी खाल्डाखुल्डी पुरर्न (मेन्टिनेन्स) गर्न लगाउने बताए ।

उनले भने, “बर्खाले गर्दा हुलाकी सडक निर्माणको कार्यमा केही स्पिड कम भएको हो, तर अब स्पिड बढ्छ, २०७६ असार मसान्त भित्र सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।” नेपाल भारत सहयोगमा बन्ने भनिएको दुई लेन कालो पत्र सडकको निर्माण कार्य सन २०१२ देखि जि.भी.आर.इन्फ्रा प्रोजेक्ट्स लिमिटेड चेन्नई भारतको ठेकेदार कम्पनीले शुरुवात गरेको थियो ।

प्रथम चरण अन्तर्गत नेपालको तराई क्षेत्रमा कुल ६ सय ५ किलोमिटर सडक ने.रु १ हजार २ सय ४१ करोड अनुमानित लागतमा वन्न लागेको थियो । जसको परामर्शदाता राईट्स लिमीटेड, भारत र संयोजक नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालय रहेको थियो ।

बजेट अभावमा ठेकेदार कम्पनीले घाटा हुने संम्भावना देखेपछि विचैमा निर्माण कार्य छोडेर गयो । खन्ने र भत्काउने कार्य हुदाँ हुदैँ भुरिगाउँ, गुलरिया देखी मुर्तिया सडक खण्डको निर्माण कार्य केही वर्ष थप्प रह्यो । त्यसपछि नेपाल सरकारले पुन ः अर्काे ठेक्का टेन्डरको आह्वान ग¥यो । र अहिले फिल्डमा काम भईरहेको छ । तर तिब्रता दिन अझै सकिएको छैन ।

प्रभावकारी समन्वयको अभाव
हुलाकी राजमार्ग निर्माणको कार्यलाई तिब्रता दिने सन्र्दभमा प्रभावकारी समन्वय सहकार्य भने हुन नसकेको पाईएको छ । जसका कारण पनि सडक निर्माणको कार्यमा ढिलाई गरी निर्माणको जिम्मा पाएका ठेकेदारहरु पन्छिने गरेका छन् ।

हुलाकी सडक अन्र्तगत पर्ने वनका रुखहरु कटानका लागि अहिले सम्म अनुमति प्रदान गरिएको छैन । विद्युत, टेलिफोनका पोल (खम्बा) हरु पनि समयमा सार्न सकिएको छैन ।

जसले गर्दा अपेक्षाकृत रुपमा आफुहरुले काम गर्न नपाएको निर्माण ब्यवासायिहरुले प्रतिक्रिया दिएका छन् । २०७१ साल र २०७४ साल साउनको बाढिले बर्दियाका अधिकांश सडकहरु बिगरिदिएको थियो । कति मर्मत सम्भार गरियो भने कति अझै गर्न सकिएको छैन ।

असार मसान्त भित्र सक्ने लक्ष्य
बर्दियाको भुरीगाउँदेखि गुलरिया हुदै मुर्तिहा सम्मको ३६ किलोमिटर दुई लेनको सडक कालो पत्र (पीच) गर्ने योजना छ । जसको सडक सिमा ३० मिटर कायम गरिएको छ भने ७ मिटर कालो पत्र (पीच) हुनेछ । यसै गरी १२ मिटर सोल्डर रहने छ ।

बजार क्षेत्रमा भने १४ मिटर कालो पत्र (पीच) गरिनेछ । भुरीगाउँ देखी ताराताल पुग्न ३ किलोमिटर बाँकी १८ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा शर्मा राजेन्द्र जे.भि.ले पाएको छ ।

त्यसपछि ताराताल, खैरापुर, गुलरिया हुदै मुर्तिहा सम्मको १८ किलोमिटर सडक निर्माण गर्ने जिम्मा पप्पु कन्ट्रसनले पाएको छ । ३२÷३२ करोड लागतमा बनाउन लागीएको हुलाकी सडकको कुल लागत भने ६४ करोड रहेको हुलाकी राजमार्ग आयोजना योजना कार्यालय नेपालगंजका सुचना अधिकारी सुरेश चौधरीले जानकारी दिए ।

यसैगरी बेलुवाचोक देखि राजापुर सम्मको २१ किलोमिटर सडक निर्माणका लागी आषिस कुमार श्रेष्ठ जे.भि.ले जिम्मा पाएको छ । जसको लागत ३० करोड रुपैया रहेको छ । यो सडक पनि २०७६ असार मसान्त सम्म सक्नुपर्ने भनिएको छ ।

कर्णाली पुल एप्रोचको ५ किलोमिटर सडक १० करोडको लागतमा बनाउन थालीएको थियो । जसको निर्माण कार्य सम्पन्न गर्ने समयावधि यही भदौ सम्म भएपनि निर्माण कार्य पुरा नभएकाले म्याद थपको लागी पहल थालिएको छ ।

यो सडक निर्माणको जिम्मा सिएवी कन्ट्रसनले पाएको छ । हुलाकी राजमार्ग आयोजना योजना कार्यालय नेपालगन्ज अन्र्तगत नै रहेको ४० मिटर लामो बुढी खोला पुल ६ करोड रुपैयाँको लागतमा निर्माण गरिँदै छ ।

यसको अहिलेसम्म जग उठाउने काम मात्र भएको छ भने पानी जमेर काम हुन सकेको छैन । गुलरियाको बबई बहुमुखी क्याम्पस अगाडि रहेको यो पुल निर्माणको जिम्मा राजेन्द्र सिद्धनाथ यादव जे.भि.ले पाएको छ ।

यसैगरी गुलरिया मुर्तिहा जोड्ने ४० मिटर लामो सर्जु खोला पुल पनि ६ करोडको लागतमा निर्माण गरिँदै छ । यो पुल निर्माणको जिम्मा बि.टी. कन्ट्रसनले पाएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ १९, २०७५     7:51:56 AM  |