केहलपुर/ नेपाल पत्रकार महासंघ बाँकेद्धारा प्रदान गरिने रामअधार कुर्मी र रामकुमारी कुर्मीको नाममा रहेको शिक्षा पत्रकारिता पुरस्कार पत्रकार द्धय हेमन्त बि.क र निशु जोशीले प्रप्त गरेका छन ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले बिहीबार एक कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गरेको हो । प्रदेश ५ नं पत्रकार महासंघका महासचिव भेषराज बस्नेतले पत्रकारद्वय हेमन्त र निशुलाई लाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरेका थिए ।
रेडियो प्रतिबोध एफएमका स्टेसन म्यानेजर हेमन्त बि.क र रेडियो सद्भावकी निशु जोसीले शिक्षा क्षेत्रका कलम चालएको भन्दै सम्मान गरिएको नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी दिए ।
पुरस्कार ग्रहण पछि मिसनकर्मीलाई प्रतिक्रिया दिदैं पत्रकार हेन्मन्त बि.क ले आफु २०६० साल देखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेको र पत्रकार डिल्ली वि.सीको प्रेरणाका कारण यहाँ सम्म आउन सफल भएको बताए ।
त्यस्तै पत्रकार निशु जोशीले पहिलो पटक सम्मानित भएकोमा खुसी व्यक्त गरिन् । म त सम्मानित हुन्छु भनेर सोचेकै थिईन तर कामको मुल्यांकन हुँदो रहेछ उनले भनिन् ।
कार्यक्रममा पुरस्कार छानौट समितीका संयोजक पुर्णलाल चुके, सदस्य निरज गौतम, नेपाल पत्रकार महासंघका पुर्व सभापति प्रेम के.सी, पुर्व उपाध्यक्ष गोविन्द आचार्य, लगाएत पत्रकारको उपस्थिती रहेको थियो ।