नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिका–२० राझा एयरपोर्ट नजिकै ‘इ डि ओडनी’ बुटिक कलेक्सन नामक बुटिक सञ्चालनमा आएको छ । मंगलबारदेखि संचालनमा आएको बुटिकको महिला उद्यमी संघका केन्द्रीय सदस्य सस्वती शर्मा तथा संघका बाँके अध्यक्ष सुशिला गौतमले सयुक्त रुपमा उदघाटन गरेका थिए ।
एक विशेष समारोहका बीच शर्माले रिबन काटेर बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका संचालकलाई सफलताको शुभकामना दिइन् । शुभकामना दिँदै महिला उद्यमी संघ बाँकेकी अध्यक्ष सुशिला गौतमले महिलाहरु सिपका कारण स्वरोजगार हुँदै गएको भन्दै आत्मनिर्भरताले नै सृमद्धिको बाटो खोल्ने बताइन् ।
‘इ डि ओडनी’ बुटिक कलेक्सन सरिता गुरुङले संचालनमा ल्याएकी हुन् । लामो समयदेखि बुटिक डिजाईन सम्बन्धी तालिम लिएकी उनले यसलाई व्यवसायिक रुप दिएकी हुन् । परम्परागत पहिरनदेखि बजारमा नयाँ ट्रेन्डमा चलेका सम्पूर्ण खाले पहिरनहरु ‘इ डि ओडनी’ मा तयार हुने संचालक गुरुङले दाबी गरिन् ।
तुलनात्मक रुपमा हामीअरुभन्दासस्तोका साथै गुणस्तरका सामान उपभोक्ता माझ पु¥याउछौ ।’ संचालक गुरुङले भनिन् । करिब सात लाख रुपैयाँ लगानीमा शुरु भएको बुटिकमा स्तरीय फेसन तथा डिजाइनका पहिरनहरुको लागि अब छिमेकी देश तथा राजधानी धाउनु नपर्ने संचालकको दावी छ ।
शुभारम्भ कार्यक्रममा महिला उद्यमी संघका उपाध्यक्ष निरुपमा रस्तोगी, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष रुपा गहतराज लगायतले बुटिकको व्यवसायिक सफलताको कामना गरेका थिए । कार्यक्रम संघका सदस्य बिन्दु घर्तिमगरले संचालन गरेकी थिइन् ।